ट्रेड युनियन कांग्रेसको राष्ट्रिय सम्मेलन जेठ २९ र ३० मा हुने

काठमाडौं । नेपाली कांग्रेस निकट श्रमिकको छाता सङ्गठन नेपाल ट्रेड युनियन कांग्रेसको राष्ट्रिय सम्मेलन आगामी जेठ २९ र ३० गते काठमाडौँमा हुने भएको छ । ट्रेड युनियन कांग्रेसको बिहीबार केन्द्रीय कार्यालय अनामनगरमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले जेठ २९ र ३० गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा सम्मेलन आयोजना गर्ने निर्णय गरेको हो ।