२८ साउन, काठमाडौं । नेपाल सरकारले मानव अधिकार पुरस्कार अक्षय कोषको स्थापना गरी मानव अधिकारको संरक्षण र सम्बर्द्धनको क्षेत्रमा उल्लेखनीय कार्य गर्ने एकजना व्यक्ति र एउटा संस्थालाई मानव अधिकार पुरस्कार प्रदान गर्न प्रारम्भ गरेको छ । कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका अनुसार, पुरस्कारको राशि व्यक्ति र संस्था प्रत्येकलाई एकलाख एघार हजार एकसय एघार रुपैया […]