पृथ्वी जयन्तीमा बिदा दिने निर्णयप्रति जनजाति महासंघको आपत्ति

काठमाडौं : नेपाल आदिवासी जनजाति महासंघले सरकारले पुस २७ गते सार्वजनिक बिदा दिने गरेको निर्णयप्रति आपत्ति जनाएको छ। सोमबार पत्रकार सम्मेलन गरी महासंघका अध्यक्ष गेल्जे शेर्पाले पृथ्वी जयन्तीमा बिदा दिने सरकारको निर्णयको विरोध गरे। ‘गणतन्त्र नेपालमा कुनै राजाको जन्मदिनलाई एकता दिवस मनाउनु प्रतिगमनकै पहिलो कदम हो’, उनले भने।मन्त्री तथा सांसदको शपथ ग्रहणमा दौरा सुरुवाललाई राष्ट्रिय पोशाक र नेपालीलाई राष्ट्रभाषा बनाउने गरी क्रियाकलाप भएको भन्दै उनले आपत्ति जनाए। ‘यो बहुभाषि