प्रतिनिधि सभा पुनःस्थापना हुन्छ, राष्ट्रपति र प्रधानमन्त्रीलाई घर पठाउँछ– गगन थापा

नपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले प्रतिनिधि सभा पुनःस्थापना नै राजनीतिक निकासको प्रस्थानबिन्दु हुने भन्दै पुनःस्थापित संसद्ले असंवैधानिक कदम चाल्ने राष्ट्रपति र प्रधानमन्त्रीलाई घर फर्काउने दाबी गरेका छन् । उनले अहिलेको अवस्था सिर्जना हुनुमा प्रधानमन्त्री केपी शर्मा ओलीमात्र नभएर पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल पनि दोषी रहेको आरोप लगाए । तरुण दलले शुक्रवार भक्तपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले देश ढिलोचाँडो चुनावमा जाने पक्का भएपनि प्रस्थानबिन्दु प्रतिनिधि सभा पुनःस्थापना नै भ...