आइएमई ल्यायो ‘घण्टी बज्यो’ अफर

आइएमईले ‘घण्टी बज्यो’ नामक नयाँ अफर सार्वजनिक गरेको छ । अफर अनुसार विदेशबाट पठाएको रेमिट्यान्स सिधै आइएमई पे मोबाइल वालेट एपमा प्राप्त गर्ने २ जना भाग्यशाली विजेताले रेडमि टेन ए स्मार्टफोन जित्ने मौका पाउने कम्पनी जनाएको छ ।श्रावण २७ गतेदेखि भाद्र १० गतेसम्म जम्मा दुई हप्ताका लागि कायम यो अफरमा हरेक हप्ता १–१ भाग्यशाली विजेताले स्मार्टफोन सक्ने कम्पनीको भनाइ छ । 

सम्बन्धित सामग्री

आइएमई पेले ल्यायो मोबाईल रिचार्जमा नयाँ अफर

आइएमई ग्रुपद्वारा संचालित “आइएमई डिजिटल सोलुसन लिमिटेड”को “आइएमई पे” ले मोबाईल रिचार्जमा नयाँ अफर ल्याएको छ । आइएमई पेले मोबाईल रिचार्जमा थप २% क्यासब्याकको अफर ल्याएको हो। आइएमई पे एपमा दर्ता भएको आफ्नै मोबाईल नम्बरमा टप-अप गर्दा ५% क्यासब्याक पाउने सुविधा थियो । यस अफरको साथ अब सेवाग्राहीहरुले आइएमई पे एपबाट कुनै पनि मोबाईल नम्बरमा टप-अप गर्दा २% क्यासब्याक पनि पाउने कम्पनीले जनाएको छ । यस क्यासब्याक अफरलाई अझ रमणिय बनाउन कम्पनीले एक जना भाग्यशाली बिजेतालाई यस अभियानको पहिलो महिनामा “वान प्लस टेन प्रो” स्मार्टफोन पनि उपलब्ध गराउने बताएको छ । सोको निम्ती सेवाग्राहीले महिना भरी कम्तीमा रू. ५० को १० टप-अप गर्नु पर्ने नियम तथा सर्त कम्पनीले जनाएको छ ।

आईएमई पेले ल्यायो ‘रिफर एन्ड अर्न’ अफर, रु. २५ बोनस पाउने

काठमाडौं । आईएमई पेले ‘रिफर एन्ड अर्न’ अफर ल्याएको छ । आइएमई पे एपका प्रयोगकर्ताहरुले आफ्नो एपमा रहेको ‘रिफर कोड’ आफ्ना साथी–भाइलाई सेयर गर्नुपर्ने हु्न्छ । प्रापकले सो कोड स्वीकारेर आईएमई पे एप डाउनलोड गरी केवाईसी रुजु भएर प्रयोग गरे पश्चात् दुवै जनाले रु. २५ बोनस पाउने छन् । आईएमई पेका अनुसार प्रयोगकर्ताले एउटा रिफर […]