स्नातक प्रथम वर्षको अन्तिम परीक्षा नजिकिँदै थियो । हाम्रो ग्रुपमा भएका ५ जना साथीहरूबीच सल्लाह भयो, एकजना साथीको घरमा भेला भएर तयारी गर्ने । त्यो साथीको नाम 'आर' बाट आउँछ, मानौं उसको नाम रुपेश हो । कथित उपल्लो जातको ।भोलिपल्ट हामी सबै रुपेशको घरमा भेला भयौँ । रुपेशको घर तीनतले थियो, अनि हामीले पढ्ने कोठा तेस्रो तलामा । साथीहरू माथि उक्लिँदै थिए, रुपेशले थोरै पर्तिर लगेर मसँग कानेखुसी गर्यो ।भन्यो, 'सुबिन तिम्ले मलाई एउटा हेल्प गर्नुपरो, यार !' मैले प्रतिप्रश्न गरेँ, 'के ?'