काबुल विमानस्थलबाहिर ७ जनाको मृत्यु

अफगानिस्तानको काबुल विमानस्थलबाहिर ७ जनाको मृत्यु भएको बेलायती रक्षा मन्त्रालयले जनाएको छ । मृत्युको कारण भने खुलाइएको छैन । अहिले काबुल विमानस्थलमा अमेरिकी सेनाको सुरक्षा दिइरहेको छ । अफगानिस्तानमा अमेरिकी सेनाको उपस्थिती रहेको यो एकमात्रै ठाउँ हो ।विमानस्थलबाहिर भने तालिवानी लडाकुहरु बसेका छन् ।अमेरिकी राष्ट्रपति जो बाइडेनले यसअघि ३१ अगस्टसम्म सबै सैनिकलाई अफगानिस्तानबाट बाहिर निकाल्ने निर्णय लिएका थिए । तर, यस अवधिमा सबै विदेशी नागरिकलाई अफगानिस्तानबाट फर्काउन नसकिने अन्य देशहरुले जनाएका छन्