राष्ट्रिय सभा निर्वाचनमा मतदान गर्न पुगेका मेयरको गाडी तोडफोड

सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले बुधवार जनकपुरका मेयरको गाडी तोडफोड गरेका छन् ।  राष्ट्रिय सभा निर्वाचनमा मतदान गर्न जनकपुर पुगेका सर्लाही हरिवन नगरपालिकाका मेयर गणेश प्रसाईं चढ्ने गाडी तोडफोड गरिएको हो ।  प्रदेश २–०३००१ झ ००२० नम्बरको गाडी तोडफोड हुँदा मेयर प्रसाईं सामान्य घाइते भएका छन् ।  जनमत पार्टीका कार्यकर्ताहरू किसानलाई पहिले मल देऊ भन्दै प्रदर्शनमा उत्रिएका छन् ।