राष्ट्रपतिद्वारा १२ जना महिला चिकित्सक सम्मानित

काठमाडौं । नेपाल चिकित्सक संघले १२ जना नेपाली महिला चिकित्सकहरुलाई सम्मान गरेको छ । संघको ‘वुमन इन मेडिसिन इन नेपाल’ नामक कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले उत्कृष्ट योगदान गर्ने १२ जना महिला चिकित्सकहरुलाई सम्मानित गरेकी हुन् ।राष्ट्रिय एवं अन्तराष्ट्रिय चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवाका क्षेत्रमा अतुलनीय योगदान पु¥याएका नेपाली महिला चिकित्सकहरुको सम्मानको परम्परा स्थापित गर्न कार्यक्रमको आयोजना गरिएको संघले जनाएको छ ।संघका पूर्व अध्यक्ष डा. केदार नरसिंह के.सी.को संय