भाषिक मृत्युको चिन्तामा कुमाल समुदाय, जाति छ भाषा छैन

तनहुँको व्यास नगरपालिका–५ साँगे, कुमाल गाउँका ७० वर्र्षीय वीरबहादुर कुमाललाई कुमाल भाषा बोल्न आउँदैन । सानैदेखि गाउँमा कुमाल भाषा नबोलेको र बोल्ने कोही नहुँदा भाषा नजानेको कुमाल बताउनुहुन्छ । ‘‘सानो हुँदा हजुरबा र हजुरआमाले अलिअलि बोलेको याद आउँछ पछि उहाँहरूले बोल्न छोड्नुभयो, हामीले जानेको पनि बिर्सियौं’’ कुमालले भन्नुभयो । बीरबहादुरको तीन पुस्ता सम्मकाले यो गाउँमा कुमाल भाषा बोल्दैनन् ।