असोज ३ : उपेन्द्र यादवको संविधान दिवस, महन्थ ठाकुरको कालो दिवस

असोज ३ गते अर्थात् संविधान जारी भएको दिनलाई ‘कालो दिवस’ का रूपमा मनाउँदै आएका जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले यस पटक ‘संविधान दिवस’ कै रूपमा मनाउने भएका छन् । उनले असोज ३ अर्थात् संविधान दिवसको अवसरमा शुभकामना दिँदै संविधान संशोधनको माग गरेका छन् । उनले भने, ‘संविधान भनेको मौलिक सिद्धान्तहरू वा स्थापित पूर्वाधारहरूको समुच्चय हो । संविधानले  हरेक नागरिकलाई आफ्नो राष्ट्रियतासँग एकताबद्ध गराउन  मद्दत गर्नुपर्छ । त्यस्तो नभएमा संविधान