कोका–कोलाले सुरु गर्‍यो मोःमोत्सवको सातौं संस्करण

काठमाडौं (अस) । पेयपदार्थ ब्रान्ड कोका–कोलाले यो वर्ष पनि मोःमोत्सवको सातौं संस्करण सञ्चालनमा ल्याएको छ । कोका–कोला मोःमोत्सव विश्वव्यापी कोक र खाजाको परम्परागत  नेपाली संस्करण हो । यसमा नेपालीको खाजा मःम र पेय पदार्थ कोकको स्वादलाई सेलिब्रेट गरिनेछ । कम्पनीले यो क्याम्पेनका लागि १ हजारभन्दा बढी रेस्टुराँ र खाजाघरसँग सहकार्य गर्दै उपभोक्तालाई कम्बो अफर र विशेष छुट दिँदै आएको बताएको छ । कोका–कोला मोःमोत्सव क्याम्पेन फेब्रुअरी १४ बाट अप्रिल ५ सम्म जारी रहनेछ । कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले विश्वव्यापी रूपमा सञ्चालन गरिरहेको कोक एन्ड मिल्सको अवधारणालाई नेपालमा स्थानीयकरण गर्न  ७ वर्षदेखि कोका–कोला मोःमोत्सव सञ्चालन गरिरहेको बताए । उनले भने, ‘यो अभियान सातौं वर्षसम्म सफल रूपमा सञ्चालन हुनुमा उपभोक्ताको साथ छ । यो क्याम्पेनभरि कोक र नेपालीको मन पर्ने खाजा मःमसँग सम्बन्धित विभिन्न कार्यक्रम सञ्चालन गर्नेछौं ।’ क्याम्पेनको ट्यागलाइन कोकप्लस मःम, स्वादको रियल म्याजिक’ रहेको छ, जसले कोक र मःमपारखीलाई स्वादको उत्कृष्ट अनुभव दिनेछ । बोटलर्स नेपालका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भने, ‘कोका–कोला र नेपालीको मन पर्ने खाजा मःमको स्वादलाई सेलिब्रेट गर्न कोका–कोला मोःमोत्सव क्याम्पेनको सातौं संस्करण मनाउन लागेका हौं । यसबाट उपभोक्तासँग अझै नजिक हुने अवसर मिलेको छ ।’ अभियानमा कोका–कोलाका ब्रान्ड एम्बेसडर तथा अभिनेत्री प्रियंका कार्की र स्वस्तिमा खड्काले काठमाडौंका विभिन्न रेस्टुराँमा गई कोक र मःमपारखी उपभोक्तालाई प्रत्यक्ष भेटेर फोटो खिच्ने अवसर दिनेछन् ।