पूर्वप्रधानमन्त्री खनाल नर्भिक अस्पताल भर्ना

काठमाडौं। पूर्वप्रधानमन्त्री झलनाथ खनाल स्वास्थ्य समस्या भएपछि अस्पताल भर्ना भएका छन्। ज्वरो र रगतमा हेमोग्लेविनको मात्रा कम भएपछि उनलाई नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको हो। केही दिनदेखि स्वास्थ्य समस्या देखिएकाे थियो। अहिले स्वास्थ्य परीक्षण भइरहेको जनाइएको छ। कोरोना संक्रमण पुष्टि भएपछि गत महिना नर्भिक अस्पतालमा उपचारपछि घर फर्किएका थिए।

सम्बन्धित सामग्री

पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्य समस्या के हो ?

२ असार, काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यमा समस्या देखिएपछि थप उपचार गराउन दिल्ली लगिएको छ । पूर्वप्रधानमन्त्री खनाल सोमबार नर्भिक अस्पताल भर्ना भएका थिए । अस्पतालका अनुसार खनाललाई साढे १२ …