विश्व बैंकले अफगानिस्तानका परियोजनामा भुक्तानी रोक्यो

विश्व बैंकले अफगानिस्तानमा सञ्चालित परियोजनाहरूमा भुक्तानी रोकिदिएको छ।कट्टरपन्थी समूह तालिबानले अफगानिस्तान कब्जा गरेपछि विश्व बैंकले त्यहाँका परियोजनामा भुक्तानी रोक्ने निर्णय गरेको हो। तालिबानको नियन्त्रण रहँदा अफगानिस्तानका विकास परियोजना र महिलाहरूलाई निकै असर पर्ने विश्व बैंकले जनाएको छ। यसअघि अन्तरराष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले पनि अफगानिस्तानमा भुक्तानी दिन बन्द गरेको थियो। अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले पनि अफगानिस्तानको केन्द्रीय बैंकको सम्पत्ति जफत गरिसकेको छ।विश्व

सम्बन्धित सामग्री

विश्व बैंकले अफगानिस्तानका परियोजनामा सहयोग रोक्यो

काबुल, (एजेन्सी) । इस्लामिक लडाकु समूह तालिवानले अफगानिस्तान कब्जा गरेपछि विश्व बैंकले अफगानिस्तानका परियोजनाहरूका लागि आर्थिक लगानी सहयोग बन्द गरेको छ । बैंकले तालिवानको नियन्त्रणपछि अफगानिस्तानको विकासको भविष्य र विशेष गरी महिलाहरूमाथि के–कस्ता असर पर्ने हुन् भनेर चिन्ता व्यक्त गरेको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले अफगानिस्तानलाई नगद भुक्तानी दिन बन्द गरेको केही दिनपछि विश्व […]