गुल्मी जीप दुर्घटना अपडेट : पाँचजनाको मृत्यु

गुल्मी : सत्यवती गाउँपालिकामा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।सत्यवती ३ ठूलो लुम्पेकबाट कुढडाडा जादै गरेको लु ३ च ५३४० नम्बरको जीप दुर्घटना हुँदा ५१ वर्षीय झलक सोमै,५५ का टीका राहादी, ४७ का रनबहादुर सिंजापति र २५ वर्षीय  मिलन तरामु र ४३ की जमुना सोमैको मृत्यु भएको होजिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार दुर्घटनामा ३३ का कार्बोलिन सोमै, ३२ वर्षीय चेतमा सिंजाली ४९ का गीरबहादुर सोमै र खण्डन सोमै घाइते भएका छन्। घटनाको विस्तृत विवरण आउँन बाँकी छ। 

सम्बन्धित सामग्री

गुल्मी जीप दुर्घटना अपडेट : मृतकको संख्या तीन पुग्यो

गुल्मी : गुल्मीमा भएको जिप दुर्घटनामा घाइते एक जनाको मृत्यु भएको छ। यससँगै मृतकको संख्या तीन जना पुगेको छ। दुर्घटनामा गम्भीर घाइते मालिका गाउँपालिका–२ की ३६ वर्षीष कौशिला थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ। यसअघि धुर्कोट गाउँपालिका–५ का ७२ वर्षीय रुद्रमणि भण्डारी र मालिका गाउँपालिका&n...

गुल्मी जीप दुर्घटना अपडेट : एकजनाको मृत्यु, दुईजनाको अवस्था गम्भीर

गुल्मी – सदरमुकाम तम्घासदेखि नेटा दर्लिङ्गतर्फ जाँदै गरेको लु १ ज १९५७ नम्बरको जीप शनिबार बेलुका दर्लिङ्गमा दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । ज्यान जानेमा दर्लिङ्ग २ निवासी ७५ वर्षीया मनकुमारी घर्ति रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।  दुर्घटनामा घाइते भएपछि उपचारका लागि वामी टक्सारतर्फ लैजाने क्रम...