लक्जमवर्गका प्रधानमन्त्रीको स्वास्थ्य स्थिति स्थिर

लक्जमवर्गका प्रधानमन्त्री जेभियर बेटटेलको स्वास्थ्य स्थिति स्थिर देखिएको छ । कोरोनाभाइरसबाट सङ्क्रमित उहाँको स्वास्थ्य स्थिति बिग्रदै गएपछि गत् आइतबार अस्पताल भर्ना गरिएको थियो । बीबीसीले लक्जमवर्ग सरकारले उहाँको स्थिति गम्भिर रहेपनि स्थिर भएको जनाएको छ । उहाँ कम्तिमा दुईदेखि चार दिन अस्पतालमा रहनुहुने बताइएको छ । गएको साता उहाँमा सङ्क्रमणको पुष्टि भएको थियो । यूरोपेली संघको बैठकमा सहभागी भएर फर्किनुभएका उहाँमा जुन २७ मा सङ्क्रमणको पुष्टि भएको थियो ।

सम्बन्धित सामग्री

अझै १५ दिन भिडभाडबाट टाढै रहन प्रधानमन्त्री ओलीलाई सुझाव

प्रधानमन्त्री : केपी शर्मा ओली का निजी चिकित्सकले अझै कम्तीमा १५ दिन भिडभाडबाट टाढै रहन सुझाब दिएको छ ।  सार्वजनिक कार्यक्रमहरूमा सहभागी नभए पनि प्रधानमन्त्रीको स्वास्थ्य स्थिति भने सामान्य भइसकेको जनाइएको समाचार नयाँ पत्रिका दैनिकमा छ। तर, अझै केही दिन सतर्कता अपनाउनुपर्ने चिकित्सकहरूको भनाइ छ। ‘डिस्चार्जपछि हामील...