रक्षातर्फको बजेट : ३ वर्षमा रू. १ खर्ब ५९ अर्ब खर्चको प्रक्षेपण

काठमाडौं  । सरकारले रक्षातर्फको बजेट हरेक वर्ष बढाउने गरी योजना अघि सारेको छ । नेपाली सेनाको आधुनिकीकरण, व्यवसायीकरण र क्षमता अभिवृद्धिसहितका कार्यक्रमहरू कार्यान्वयन सरकारले बजेट वृद्धिको योजना अघि सारेको हो । राष्ट्रिय योजना आयोगका अनुसार यस्ता कार्यक्रम कार्यान्वयन गर्न आगामी ३ वर्षको अवधिमा रक्षा मन्त्रालय अन्तर्गत १ खर्ब ५९ अर्ब बजेट खर्च हुने आकलन गरिएको छ । आयोगले हालै तयार गरेको खर्च तथा स्रोतको त्रिवर्षीय अनुमानमा रक्षातर्पm ३ वर्षको अवधिमा हरेक वर्ष बजेटको आकार बढेको तथ्यांकले देखाउँछ । योजना आयोगले तयार गर्ने मध्यावधि एवं त्रिवर्षीय प्रक्षेपणमा आधारित भएरै हरेक वर्ष मन्त्रालयहरूले वार्षिक कार्यक्रम तथा योजना बनाउनुपर्ने हुन्छ । आयोगले गरेको त्रिवर्षीय विनियोजन तथा प्रक्षेपणअनुसार २०७८÷७९ मा ५१ अर्ब ४ करोड खर्च हुँदै छ भने २०७९/८० मा ५३ अर्ब २४ करोड ९५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । त्यस्तै २०८०÷८१ मा मात्रै रक्षातर्पm ५५ अर्ब ५७ करोड ३८ लाख बजेट खर्च हुने प्रक्षेपण गरिएको छ । त्रिवर्षीय प्रक्षेपणअनुसार यस अवधिमा चालू खर्चतर्पm १ खर्ब ३८ अर्ब ५४ करोड ३८ लाख खर्च हुनेछ भने पूँजीगततर्फ २१ अर्ब ३२ करोड ३५ लाख खर्च हुनेछ । रक्षातर्पmको बजेट आगामी ३ वर्षको अवधिमा १ खर्ब ५९ अर्ब ८६ करोड ७३ लाख पुग्ने भएकाले सरकारले स्रोत जोहो गर्नुपर्ने देखिएको छ । रक्षा मन्त्रालय, राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय, जंगी अड्डालगायतले खर्च गर्ने यो बजेटको प्रक्षेपण गर्दा स्रोत जोहो नेपाल सरकारले नै गर्नुपर्ने आयोगले बताएको छ, यसर्थ सरकारले रक्षातर्फ खर्च गर्न लागेको यो बजेटमा वैदेशिक अनुदान तथा ऋण लिनेछैन । रक्षा सचिव रेश्मिराज पाण्डेले रक्षातर्फको बजेट खासै नबढेको बताए । उनका अनुसार रक्षाको बजेट बंकरदेखि ब्यारेक निर्माण र सेनाको सेवासुविधासम्मको शीर्षकमा खर्च हुँदै आएको छ । रक्षा मन्त्रालयले तत्काल नयाँ हातहतियार, मेशिनहरू किन्ने योजना बनाएको छैन । योजना आयोगले खर्चको प्रक्षेपण गर्दा फास्ट ट्र्याक, सडक निर्माणका शीर्षकहरू समेत रक्षामा जोडेका कारण तथ्यांकमा बढेको देखिने सचिव पाण्डेले बताए । ‘रक्षाको बजेट बढेको देखाउन योजना आयोगले नै भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत नै हुनुपर्ने शीर्षकहरू जोडेको देखियो, यो ठीक होइन,’ उनले भने । आयोगले त्रिवर्षीय प्रक्षेपण गर्दा रक्षा मन्त्रालय अन्तर्गत द्रुतमार्ग, नयाँ सडक निर्माणजस्ता सूचकहरू राखेर बजेटको अनुमान गरेको छ ।

सम्बन्धित सामग्री

सिलिङ भन्दा ६३ अर्ब ठूलो बजेट

सरकारले आगामी आर्थिक वर्ष ०८०/८१ को लागि तोकिएको सिलिङभन्दा ६३ अर्ब रुपैयाँ ठूलो बजेट ल्याएको छ ।  राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षको बजेट १६ खर्ब ८८ अर्ब रुपैयाँको हुने गरी...

चितवनका सात पालिकाको बजेट ११ अर्ब ६५ करोड

चितवनका ७ वटा पालिकाले ११ अर्ब ६५ अर्ब बढीको बजेट सार्वजनिक गरेका छन् । ३ वटा पालिकाले १ अर्ब भन्दा कमको बजेट ल्याएका छन् । १ अर्ब बढी तर डेढ अर्बभन्दा कमको बजेट ल्याउने पालिका ३ वटा छन् । भरतपुर महानगरले ५ अर्ब ७४ करोड बढीको बजेट ल्याएको छ ।भरतपुर महानगरले चालु वर्षभन्दा २२ करोड […]

विराटनगरको बजेट साढे तीन अर्ब, इटहरीको दुई अर्ब र धरानको डेढ अर्ब बजेट

इटहरी । विराटनगर महानगरपालिकाले ३ अर्ब ६२ करोड ५५ लाख ६७ हजार रुपैयाँको बजेट ल्याएको छ । आर्थिक वर्ष २०७९।८० का लागि महानगरपालिकाले ३ अर्ब ६२ करोड ५५ लाख ६७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको हो । महानगर उपप्रमुख शिल्पा निरौला कार्कीले शुक्रबार महानगरको सभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बजेट प्रस्तुत […] The post विराटनगरको बजेट साढे तीन अर्ब, इटहरीको दुई अर्ब र धरानको डेढ अर्ब बजेट appeared first on राजधानी राष्ट्रिय दैनिक.

सुदूरपश्चिमको बजेट ३७ अर्ब

सुदूरपश्चिम प्रदेशले आर्थिक वर्ष २०७९-०८० का लागि झण्डै ३७ अर्ब रुपैयाँको बजेट ल्याएको छ । प्रदेश सरकारका आर्थिक मामिला मन्त्री प्रकाशबहादुर रावलले बुधबार बसेको प्रदेशसभा बैठकमा ३६ अर्ब ७४ करोड ६३ लाख ६५ हजार रुपैयाँको बजेट अनुमान प्रस्तुत गरेका छन् ।उनले चालूतर्फ १२ अर्ब २९ करोड ५९ लाख ८४ हजार रुपैयाँ र पुँजीगततर्फ २४ अर्ब […]

सर्लाहीमा सात अर्ब बजेट

सर्लाही । सर्लाहीका २० स्थानीय निकायलाई सङ्घीय सरकारले करिब सवा सात अर्ब बजेट विनियोजन गरिएको छ । जेठ १५ गते संसद्मा प्रस्तुत आर्थिक वर्ष २०७९/८० को बजेटमा जिल्लाका २० स्थानीय निकायलाई सङ्घीय सरकारले रु सात अर्ब १८ करोड १५ लाख अर्ब बजेट विनियोजन गरेको हो । एघार नगरपालिका र नौ गाउँपालिकामध्ये सबैभन्दा धेरै बजेट लालबन्दी […]

स्वास्थ्यमा ६९ अर्ब ३८ करोड बजेट

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि स्वास्थ्यमा रु ६९ अर्ब ३८ करोड बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०७८/७९ मा भन्दा करिब रु ५२ अर्ब बजेट कम स्वास्थ्यलाई विनियोजन गरिएको छ । आव २०७८/७९ मा रु एक खर्ब २२ अर्ब बजेट विनियोजन गरिएको थियो । चालु आवमा कोरोना भाइरसको रोकथाम र […]

वन तथा वातावरण मन्त्रालयको बजेट १३ अर्ब

काठमाडौँ – सरकारले आगामी आर्थिक वर्षका लागि वन तथा वातावरण मन्त्रालयका लागि १३ अर्ब रूपैयाँ बजेट विनियोजित गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषणमार्फत वन तथा वातावरण मन्त्रालयको १३ अर्ब रूपैयाँ बजेट विनियोजन गरेको बताए। चुरे क्षेत्र संरक्षणको लागि राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको लागि २ अर्ब १७ करोड रूपैयाँ बजेट विनियोजन गरेको मन्त्री शर्माले बताए। तराई […]

भीमदत्त नगरपालिकाको बजेट एक अर्ब ५९ करोड

कञ्चनपुर। भीमदत्त नगरपालिकाले शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ। नगरपालिकाले आज एक अर्ब ५९ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको हो। जसमा एक अर्ब ११ करोड चालु र ४१ करोड पूँजीगत खर्च गर्ने लक्ष्य राखिएको छ। चालु वर्षमा नगरपालिकाले एक अर्ब ३७ करोड बजेट विनियोजन गरेको थियो।

गण्डकी सरकारको बजेट गतवर्षको भन्दा ४ अर्ब कम, कुल बजेट ३० अर्ब

पोखरा। गण्डकी प्रदेशले गतवर्षको भन्दा ४ अर्ब कम रुपैयाँको बजेट सार्वजनिक गरेको छ। सरकारले आगामी बर्षका लागि ३० अर्ब ३ करोड ९४ लाख २७ हजार रूपैयाँको बजेट सार्वजनिक गरेको हो। बजेट भाषण गर्दै मुख्यमन्त्रीले कोभिड लगायतका कारण यस वर्ष बजेटको आकार घटेको उल्लेख गरे। नयाँ बजेटमा चालुतर्फ४३.५ प्रतिशत र पुँजीगततर्फ ५५.७ प्रतिशत, वित्तिय व्यवस्थापनमा ०.८ प्रतिशत छ।

श्रम मन्त्रालयलाई १४ अर्ब बजेट

काठमाडौं। अर्थ मन्त्रालयले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि १४ अर्ब रूपैयाँ बजेट विनियोजन गरेको छ। अर्थमन्त्री विष्णु पौडेलले आगामी वर्षको बजेट घोषणा गर्दै १४ अर्ब रूपैयाँ बजेट श्रम मन्त्रालयका लागि विनियोजन गरेको बताएका छन्।