कञ्चनपुरमा ६० हजार विद्यार्थीलाई पूर्ण खोप

कञ्चनपुरमा १२ देखि १७ वर्ष उमेर समूहका ६० हजार विद्यार्थीलाई कोरोनाविरुद्धको पूर्ण खोप लगाइएको छ। स्वास्थ्य कार्यालयले यहाँ सो उमेर समूहका ६४ हजार बालबालिकामध्ये ६० हजारले खोपको दोस्रो मात्रासमेत लगाइसकेको जनाएको छ।

सम्बन्धित सामग्री

जुम्लाका ६० हजार नागरिकले कोभिडविरुद्धको खोप लगाए

कुल जनसंख्याको ५६ प्रतिशत अर्थात ४५ हजार ४८८ नागरिकले पूर्ण खोप लगाइसकेका छन्।

६० हजार विद्यार्थीलाई पूर्ण खोप

महेन्द्रनगर । कञ्चनपुरमा १२ देखि १७ वर्ष उमेर समूहका ६० हजार विद्यार्थीलाई कोरोनाविरुद्धको पूर्ण खोप लगाइएको छ । स्वास्थ्य कार्यालयले यहाँ सो उमेर समूहका ६४ हजार बालबालिकामध्ये ६० हजारले खोपको दोस्रो मात्रासमेत लगाइसकेको बताएको छ । स्वास्थ्य कार्यालयका खोप शाखा प्रमुख जनक कँुवरले अझै विद्यालयहरूमा खोप अभियान सञ्चालनमा रहेको जानकारी दिए । ‘सो उमेर समूहमा तीन हजार जति बालबालिका छुटेकाले हामीले थप खोप माग गरेका छौं,’ कँुवरले भने, ‘केही समयपछि छुटेकालाई पनि पहिलो खाप लगाइनेछ ।’ त्यसैगरी यहाँ ८८ प्रतिशत नागरिकले पहिलो मात्रा र ७८ प्रतिशत नागरिकले कोरोनाविरुद्धको पूर्ण खोप लगाएको स्वास्थ्य कार्यालयले बताएको छ । रासस

नेपालमा अहिलेसम्म कतिले खोप पाए?

काठमाडौं, साउन ८ । नेपालमा अहिलेसम्म १२ लाख ८१ हजार २४० जनाले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका छन् । पहिलो डोज लगाउनेको संख्या ३३ लाख ८ हजार ७३० जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । मन्त्रालयका अनुसार कोभिसिल्डको पहिलो डोज १८ लाख २८ हजार ४८४ जनाले लगाएका छन् भने ४ लाख ६० हजार ३०८ […]

नेपालमा १२ लाख ८१ हजारभन्दा बढीले लगाए कोरोनाविरुद्धको पूर्ण खोप

काठमाडौं। नेपालमा १२ लाख ८१ हजार २४० जनाले कोरोना संक्रमण विरुद्धको दुवै डोज खोप लगाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा ३३ लाख आठ हजार ७३० जनाले कोरोना विरुद्धको खोपको पहिलो मात्रा लगाइसकेका छन्। जसमध्ये कोभिशिल्ड कम्पनीको चार लाख ६० हजार ३०८ जनाले र भेरोसेल कम्पनीको छ लाख ८२ हजार ७९०जनाले खोपको दुवै मात्रा लगाइएको मन्त्रालयले जनाएको छ।

५.०९ प्रतिशतले लगाए पूर्ण खोप

काठमाडौं, साउन १। नेपालमा हालसम्म कुल खोप लगाउने योग्य जनसंख्यामध्ये ५.०९ प्रतिशतले मात्र खोप प्राप्त गरेका छन् । स्वास्थ्य मन्त्रालयले २ करोड १७ लाख ५६ हजार ७ सय ६३ जनालाई खोप लगाइने योजना बनाएकोमा ११ लाख ८ हजार ८ सय ६८ जनाले खोपको पूर्ण मात्रा लगाएका छन् । ४ लाख ६० हजार ७ सय ३४ […]