वित्तीय ग्राहक संरक्षण पोर्टल : ८० ओटा गुनासो दर्ता

काठमाडौं । नेपाल राष्ट्र बैंकले वैशाख २ गतेदेखि गुनासो सुनुवाइ गर्न वित्तीय ग्राहक संरक्षण पोर्टल (फाइनान्सियल कन्जुमर प्रोटेक्शन पोर्टल) को व्यवस्था गरेपछि सर्वसाधारणलाई गुनासो गर्न सहज भएको छ । हालसम्म पोर्टलमार्फत ८० ओटा गुनासो दर्ता भएका छन् । पोर्टलको व्यवस्था अघि ग्राहक केन्द्रीय बैंकमा आएर, लिखित तथा टेलिफोनबाट गुनासो राख्ने गर्थे । उक्त गुनासोबारे केन्द्रीय बैंकले विषय हेरेर सुल्झाउने काम गर्दै आएको थियो । पोर्टलको व्यवस्था गरे पनि टेलिफोनबाट समेत गुनासो आउने गरेको बैंक तथा वित्तीय संस्था नियमन विभागअन्तर्गत रहेको गुनासो एकाइले बताएको छ । बैंक तथा वित्तीय संस्थाहरूले जानेर वा अन्जानमा काममा ढिलासुस्ती गर्ने, चित्तबुझ्दो काम नगर्ने, ब्याजदर, शुल्क, कर्जामा प्रिमियम धेरै राख्नेलगायत क्रियाकलाप गर्ने गर्छन् । यसको गुनासो नियामक निकाय राष्ट्र बैंकमा आउनु स्वाभाविक हो । नियमन विभागको गुनासो एकाइका डेपुटी डाइरेक्टर दीपेन्द्र पोखरेलका अनुसार पछिल्लो समय कोभिड महामारीका कारण व्यवसाय अस्तव्यस्त हुँदा पनि बैंकले साँवा ब्याज तिर्न तोकेता गर्‍यो भनेर धेरै गुनासो आएको थियो । सम्बद्ध बैंकलाई केही समय म्याद लम्ब्याउन अनुरोध गर्दिने गरेको उनले बताए । केन्द्रीय बैंकले भर्खरै तेस्रो मौद्रिक नीतिको समीक्षा गर्दै निषेधाज्ञाभरी ऋणीबाट कर्जा असुलीमा दबाब नदिन नीतिगत व्यवस्था गरेको छ । साथै, अहिले लीलामीसमेत नगर्न मौद्रिक नीतिमार्फत निर्देशन दिएको छ । ‘केन्द्रीय बैंकमा विशेष गरेर ग्राहकहरूले बैंकले कर्जाको ब्याजदर वृद्धि गरे, ब्याज मिलाइदिनुपर्‍यो भन्ने गर्छन् । खराब कर्जापछि बैंकले धितो आफ्नो सम्पत्तिमा स्थानान्तरण गरिसकेकोमा कतिपय ग्राहकले उक्त सम्पत्ति अक्शन प्रक्रियाद्वारा नोटिस निकाल्दिनुपर्‍यो र आफैले किन्ने गरी मिलाइदिन पर्‍यो भनी आग्रह गर्छन्,’ उप निर्देशक पोखरेलले अभियानसँग भने, ‘यसलाई हामीले सहजीकरण गर्दै आएका छौं । सम्पत्तिवाला ऋणीले लेनादेना तिरेपछि पहिलो अधिकार उसैलाई दिनुपर्‍यो । खास गैर बैंकिङ सम्पत्ति हुन्जेल पहिलो अधिकार धितो राख्ने ऋणीकै हुन्छ । अरूको बोल रद्द गरेर भए पनि देऊ भनेर सम्बद्ध बैंकलाई अनुरोध गर्ने गरेका छौं ।’ एउटा बैंकको एटीएम कार्डबाट अर्को बैंकको मेशिनमा स्वाप गर्दा पैसा ननिक्लै पनि खातामा रकम घटेको र १५–२० दिनमा फिर्ता नभएको भन्ने गुनासो अधिक आउने गरेको एकाइको भनाइ छ । सामान्य सुझावदेखि बैंकलाई मिलेसम्मको ग्राहकको समस्या समाधान गर्न गुनासो विभागले मौखिक अनुरोध तथा निर्देशन दिँदै आएको गुनासो एकाइका पोखरेलले बताए । ‘पोर्टल शुरू भएपछि आएका गुनासोमध्य करीब ५०–५५ ओटाको जवाफ पठाइसकेका छौं । यसबाहेक सम्बद्ध विभागका हाकीमबाट एप्रुभल लिएर मात्र जवाफ दिनुपर्ने हुन्छ । साथै, गुनासो समितिमा लगेर छलफलबाट निर्णय गर्नुपर्ने विषयलाई पेन्डिङमा राख्ने गरेका छौं,’ उनले भने । जटिल विषय भएमा राष्ट्र बैंकले बनाएको गुनासो समितिमा लैजाने गरेको छ । त्यस समितिमा वरिष्ठ डेपुटी गभर्नर अध्यक्ष र अर्को डेपुटी गभर्नरसहित बैंक तथा वित्तीय संस्था नियमन विभाग र सुपरिवेक्षण विभागका कार्यकारी निर्देशकहरू सदस्य, अर्थ मन्त्रालयको वित्तीय क्षेत्र हेर्ने सहसचिव, बैंकर्स संघको अध्यक्ष र नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षसमेत रहन्छन् । समितिले जटिल गुनासो आएमा सुनुवाइ गर्ने काम गर्छ । एकाइका अनुसार गत आर्थिक वर्षदेखि हालसम्म यस्तो समिति ३ पटक मात्र छलफलमा जुटेको छ । ‘कतिपय बैंकले खराब ऋणीले साँवा ब्याज तिर्छु भन्दा पनि बैंकिङ सम्पत्ति पार्‍यौं, दिन्नौं भन्ने गरेकोमा गुनासो आएको थियो । गैरबैंकिङ सम्पत्ति हो भने दिन बैंकलाई सुझाव दियौं,’ उनले भने । जुन बैंकको सञ्जाल र ग्राहकहरू बढी छन् त्यही बैंकका ग्राहकहरूबाट धेरै गुनासो आउने गरेको केन्द्रीय बैंकको भनाइ छ ।   राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सामाजिक सञ्जालमा ट्वीट गर्दै ग्राहकले आफ्नो गुनासोलाई केन्द्रीय बैंकको वित्तीय ग्राहक संरक्षण पोर्टलमार्फत गर्न सुझाएका छन् । कतिपय  बैंकले ससानो रकम पनि भुक्तानी नदिएको गुनासो आएपछि राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सामाजिक सञ्जालमा ट्वीट गर्दै ससानो रकम झिक्न नपाउने भन्ने विषय हुँदै नभएको भन्दै यस्ता गुनासोलाई केन्द्रीय बैंकको वित्तीय ग्राहक संरक्षण पोर्टलमा गर्न सुझाव दिएका छन् । अनलाइन पोर्टलमा गुनासो दर्ता गर्ने, गुनासो दर्ता भएको जानकारी र दर्ता नं. इमेलमार्फत प्राप्त हुनेछ । गुनासो दर्ता नं. द्वारा पेश गरिएको गुनासोको स्थिति थाहा पाउन सकिनेछ र दर्ता भएको गुनासोको अन्तिम निर्णय इमेलमार्फत जानकारी गराइनेछ ।

सम्बन्धित सामग्री

सङ्घीयता कार्यान्वयनमा पिआइएस पोर्टल महत्वपूर्ण : मुख्यमन्त्री कार्की

काठमाडौं,२२ जेठ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सङ्घीय संरचनाको कार्यान्वयनमा प्रादेशिक पिआइएस पोर्टल महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा मुख्यमन्त्री कार्यालयमा आज आयोजित कार्यक्रममा राष्ट्रिय किताब खाना ललितपुरद्वारा तयार गरिएको ‘प्रादेशिक पिआइएस पोर्टल हस्तान्तरण’ कार्यक्रममा उनले पोर्टलको निर्माणबाट प्रदेशका र स्थानीय निकायका कर्मचारीको मनोबल उच्च भएको धारणा व्यक्त गरे […]

नरैनापुरमा विपद् सूचना व्यवस्थापन पोर्टल सञ्चालन गर्ने तयारी

विपद् सूचना व्यवस्थापन प्रणाली लागू गरी आफ्नो पालिका भित्र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न बाँकेको नरैनापुर गाँउपालिकाले तयारी थालेको छ । सेभ द चिल्ड्रेनको सहयोगमा एसडिएफले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको लागि विपद् पोर्टल तयार गर्न लागेको हो ।पोर्टल सञ्चालनका लागि संस्थाले बुधबार पोर्टल स्थानीयकरण सम्बन्धी अभिमुखीकरण कार्यशालाको आयोजना समेत गरेको छ । कार्यशाला […]

सर्च एजुकेशनको एजुकेशन पोर्टल र मोबाइल एप सार्वजनिक

काठमाडौं । सर्च एजुकेशन नेपालले विद्यार्थीका लागि नेपालमा पहिलोपटक ओभरसिज एजुकेशन पोर्टल र मोबाइल एपको सुरुवात गरेको छ । यस प्रकारको पोर्टलले नेपाली विद्यार्थीहरूलाई उनीहरूको व्यक्तिगत विद्युतिय उपकरणहरूबाट घरमा बसी विदेशमा अध्ययन गर्ने अवसरहरू अन्वेषण गर्न सक्षम बनाउने लक्ष्य लिएको छ । यो सेवा गुगल प्ले स्टोर र एप्पल एप स्टोरका साथै अनलाइनमा searcheducation.com मार्फत […] The post सर्च एजुकेशनको एजुकेशन पोर्टल र मोबाइल एप सार्वजनिक appeared first on राजधानी राष्ट्रिय दैनिक.

नबिलको ‘नबिल डिजिबैंक पोर्टल’ सार्वजनिक

काठमाडौं, २६ मंसिर । नबिल बैंकको ‘नबिल डिजिबैंक पोर्टल’ सार्वजनिक भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले नबिल डिजिबैंक पोर्टलको सार्वजनिक गरेका हुन् । बैंकको अनुसार उक्त पोर्टलबाट नबिल बैंकका ग्राहकले एकद्वार प्रणालीमार्फत् सेवाहरू प्राप्त गर्न सक्नेछन् । बैंकले ग्राहकलाई सहज र सरल बैंकिङ अनुभव प्रदान गर्न पोर्टलमार्फत् उत्पादन÷सेवालाई स्वाचालित बनाएको जनाएको […]

नबिल बैंकको ‘नबिल डिजी बैंक पोर्टल’

नबिल बैंकले ग्राहकलाई एकद्वार प्रणालीमार्फत अनलाइन सेवाहरू उपलब्ध गराउन ‘नबिल डिजी बैंक पोर्टल’ सार्वजनिक गरेको छ । बैंकका सिइओ अनिलकेशरी शाहले बिहीबार नबिल डिजी बैंक पोर्टल सुरुवात गरेका हुन् । ग्राहकलाई सहज...

नबिल बैंकको ‘नबिल डिजिबैंक पोर्टल’ सार्वजनिक

काठमाडौं, मंसिर २३ । नबिल बैंकले ‘नबिल डिजिबैंक पोर्टल’ सार्वजनिक गरेको छ । बैंकले बिहीबार काठमाडौंमा एक कार्यक्रम गरी ग्राहकहरुलाई एकद्वार प्रणालीमार्फत् सरल बैंकिङ सेवाको अनुभव गराउनका लागि डिजिबैंक पोर्टल सार्वजनिक गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले डिजिबैंक पोर्टल सार्वजनिक गर्नु भएको । मानिसको दैनिकी प्रविधिसँग जोडिएको र हरेक काम प्रविधिमैंत्री […]

नेपालमा पहिलो पटक ‘आन्ट्रप्रेनर्स पोर्टल’ सार्वजनिक, उद्यमी बन्न चाहनेलाई उपयोगी

नेपालमा पहिलो पटक उद्यमशीलता सीप सिकाउन ‘आन्ट्रप्रेनर्स पोर्टल’ सार्वजनिक भएको छ । उद्यमशीलताका लागि आवश्यक पर्ने सबै जानकारी दिने उद्देश्यले नेप्लिज योङ आन्ट्रप्रेनर्स फोरम (एनवाईईएफ) सोमबार उक्त पोर्टल सार्वजनिक गरेको हो ।  उद्यमशीलताको जुन अवस्थामा भएपनि यो पोर्टलमा गएर जानकारी लिन सकिने पञ्चकन्या ग्रुपका कार्यकारी निर्देशक तथा एनवाईईएफका अध्यक्ष उदिप...

महानगरको विपद् पोर्टल सञ्चालनमा

विराटनगर महानगरपालिकाले विपद् पोर्टल सञ्चालनमा ल्याएको छ । बुधबार महानगरमा एक कार्यक्रमको आयोजना गरी पोर्टल सञ्चालनमा ल्याएको हो । पोर्टलको विराटनगर महाननगरपालिकाका मेयर भीम पराजुलीले शुभारम्भ गरेका थिए।...

विराटनगर महानगरले सञ्चालनमा ल्यायो ‘विपद् पोर्टल’

विराटनगर महानगरपालिकाले एकीकृत विपद् सूचनाको व्यवस्थापन गर्ने उद्देश्यले ‘विपद् पोर्टल’ संचालनमा ल्याएको छ । विराटनगर महानगरपालिका सभाहलमा बुधबार एक कार्यक्रम आयोजना गरी उक्त पोर्टल संचालनमा ल्याएको हो

नेपाल व्यापार सूचना पोर्टल सञ्चालनमा

१३ माघ, काठमाडौं । व्यापार सहजीकरण तथा निर्यात वृद्धिको उदेश्यसहित व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले नेपाल व्यापार सूचना पोर्टल सञ्चालनमा ल्याएको छ । आयात, निर्यात र स्वेदशमा उत्पादित वस्तुको बजारीकरणमा टेवा पुर्‍याउने सूचनासहितको एकल बिन्दु पोर्टल सेवा सुरु भएको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले जनाएको छ । उत्पादकदेखि आयातकर्तासम्मले आफूलाई चाहिने सूचना इन्टरनेटमा आधारित एकल […]