'ए' डिभिजन लिग : आर्मीले एनआरटीलाई १–० गाेलले हरायाे

काठमाण्डाै - सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल अन्तर्गत दशरथ रङ्गशालामा आज भएको दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले न्युरोड टिम (एनआरटी)लाई १–० गोल अन्तरले हराएको हो । आर्मीका लागि दिनेश हेन्जनले १७औँ मिनेटमा गोल गरे । आजको जितसँगै आर्मीले ८ खेलमा १४ अङ्क जोडेको छ । आर्मी लिगको चौथो स्थानमा रहेको छ । एनआरटी आठ खेलमा १० अङ्क जोडेर सातौँ स्थानमा छ ।