पश्चिम सेती परियोजना निर्माण गरेरै छोड्छौँ : अध्यक्ष ओली

डोटी – नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सात सय ५० मेगावाटको पश्चिम सेती जलविद्युत् परियोजना निर्माण गरेरै छाड्ने बताउनुभएको छ ।  नेकपा एमाले डोटीले आज शनिवार दिपायलमा आयोजना गरेको बृहत् चुनावी आमसभालाई सम्बोधन गर्नुहुँदै उहाँले पश्चिम सेती परियोजना विभिन्न राजनैतिक कारणले बन्न नसके पनि अब बन्ने एमालेको सरकारले त्यो निर्माण गरेरै छोड्ने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “पश्चिम सेती निर्माणका विषयमा एमाले सधैँ सकारात्मक छ, हामी उक्त जलविद्युत् आयोजना निर्माण गरेर छोड्छ...