कटुवा पेस्तोल बरामद

बारा, सिम्रौनगढ नगरपालिका-६ सतुवाहीस्थित सार्वजनिक पोखरीबाट कटुवा पेस्तोल बुधबार दिउँसो प्रहरीले बरामद गरेको छ । पोखरीमा जालबाट माछा मार्ने क्रममा जालमा कटुवा पेस्तोल फेला परेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरीले उक्त बन्दुक बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित सामग्री

कटुवा पेस्तोल र २ राउण्ड गोली बरामद

मकवानपुर, राक्सिराङ गाउँपालिका-१ दुङ्गुखोलाबाट कटुवा पेस्तोल १ थान र गोली २ राउण्ड सोमबार राति प्रहरीले बरामद गरेको छ । उक्त ठाउँस्थित पसल अगाडि एकजना व्यक्तिले पेस्तोल देखाइरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी चैनपुर र इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उक्त पेस्तोल र गोली बरामद गरेको हो । उक्त पेस्तोल र गोली फाली फरार …

कटुवा पेस्तोल र भरुवा बन्दुकसहित एक जना पक्राउ

नेपालगञ्ज – बाँके प्रहरीले कटुवा पेस्तोल, भरुवा बन्दुक, छर्रा र बारुदसहित एक जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय, भगवानपुरका प्रहरी निरीक्षक वीरबहादुर सुनारको कमाण्डमा खटिएको टोलीले नरैनापुर गाउँपालिका–१, बानियागाउँबाट छब्बीलाल केवटलाई हतियारसहित पक्राउ गरेको हो। हतियार लुकाइ राखेको विशेष सूचना पाएपछि भगवानपुर, सुइया बघौडा र प्रहरी चौकी लक्ष्मणपुरबाट गएको टोलीले केवटको घर खानतलासी गर्दा […]

कटुवा पेस्तोल र गोली बरामद

सशस्त्र प्रहरीले सप्तरीको राजगढ गाउँपालिकाबाट कटुवा पेस्तोल र गोली बरामद गरेको छ ।राजगढ गाउँपालिका-२ बनैनियाँस्थित नेपाल–भारत सीमा क्षेत्रबाट एउटा कटुवा पेस्तोल र त्यसमा प्रयोग हुने एक राउण्ड गोली बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको हो ।भारतबाट नेपालतर्फ आउँदै गरेका व्यक्तिले गस्तीमा खटिएका सशस्त्र प्रहरीलाई देख्ने बित्तिकै  पेस्तोल छाडेर भागेका थिए ।

किराना पसलबाट कटुवा पेस्तोल बरामद, सञ्चालक पक्राउ

२१ असार, जनकपुरधाम । सर्लाहीको हरिवन नगरपालिका-११ को एक किराना पसलबाट प्रहरीले कटुवा पेस्तोल र त्यसमा लाग्ने गोली बरामद गरेको छ । स्थानीय सुनीता किराना पसलबाट एक थान कटुवा पेस्तोल र त्यसमा लाग्ने एक राउन्ड गोली बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए । पसलभित्र झोलामा हालेर राखिएको अवस्थामा उक्त पेस्तोल […]

कटुवा पेस्तोल र गोलीसहित एक भारतीय नागरिक पक्राउ

काठमाडौँ – प्रहरीले एक थान कटुवा पेस्तोल र सोही पेस्तोलको तीन राउण्ड गोलीसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा २७ वर्षीय ओम प्रकाश पाल रहेका छन्। उनलाई गएराति प्रहरीले पक्राउ गरेको हो। उनी हरिनगरा गाउँपालिका-४ स्थित सोनु मेहताको घरमा बस्दै आएका थिए। विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनलाई […]

सप्तरीबाट एक थान कटुवा पेस्तोल बरामद

राजविराज । भारतबाट नेपाल भित्र्याउँदै गरेको अवस्थामा सप्तरीको राजगढ गाउँपालिका–६ बर्दहीबाट आज प्रहरीले एक थान कटुवा पेस्तोल बरामद गरेको छ । विशेष सुराकीका आधारमा सशस्त्र प्रहरी बल गण ७ हेडक्वार्टर सप्तरीबाट खटिएको टोलीले आँपको बगैँचा हुँदै भारतबाट नेपाल भित्र्याउँदै गरेको अवस्थामा एक नाल र एक थान कटुवा पेस्तोल बरामद भएको हो । एक व्यक्तिलाई जाँच […]

कटुवा पेस्तोल र गोलीसहित पक्राउ

सुनसरी, २९ पुस। ईनरुवा नगरपालिका-३ महेन्द्रचोकबाट १ थान कटुवा पेस्तोल र १ राउण्ड गोलीसहित हरिनगरा गाउँपालिका-७ घुस्की बस्ने २२ वर्षीय सविर मियालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । ज.२ प ५१९४ नम्बरको मोटरसाइकलमा हातहतियार लिएर आउँदै गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त हतियार सहित फेला पारी उनलाई […]

कटुवा पेस्तोल सहित पक्राउ

सुनसरी, १४ पुस । कटुवा पेस्तोल सहित पक्राउ परेका छन् । दुहबी नगरपालिका–३ स्थित सामुदायिक हस्पिटल अगाडि बाटोबाट १ थान कटुवा पेस्तोल सहित ईटहरी उपमहानगरपालिका–१२ खनार बस्ने ३४ वर्षीय काउ भन्ने सुशील साहलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो । हातहतियार बोकी हिँडिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरीले उक्त हतियार सहित […]

कटुवा पेस्तोल र गोलीसहित सल्यानबाट एकजना पक्राउ

१६ भदौ, सल्यान । प्रहरीले कटुवा पेस्तोल र गोलीसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जाजरकोट नलगाड नगरपालिका-४ बस्ने २८ वर्षीय गणेश रावल रहेका छन् । रावललाई बनगार कुपिण्डे नगरपालिका-१ माथिल्लो बजारबाट १ थान कटुवा पेस्तोल र सोही पेस्तोलमा लाग्ने दुई राउण्ड गोलीसहित पक्राउ गरेको हो । रावलले मोटरसाइकलको सिट मुनी उक्त कटुवा पेस्तोल […]

कटुवा पेस्तोल सहित ५५ वर्षीय पुरुष पक्राउ

सिरहा, ८ बैशाख । कटुवा पेस्तोल र १ राउण्ड गोली सहित मंगलबार बेलुका प्रहरीले एकजनालाई पक्राउ गरेको छ । सखुवानानकारकट्टी गाउँपालिका–३ परियारपुर बस्ने ५५ वर्षीय बालेश्वर यादब १ थान कटुवा पेस्तोल र सोको १ राउण्ड गोली सहित मंगलबार बेलुका पक्राउ परेका हुन् । बालेश्वरको घरमा हातहतियार राखेको छ भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय महेशवारी […]