काठमाण्डाैमा मिटरब्याज पीडितकाे प्रदर्शन : एमाले, रास्वपा र राप्रपाले कानुन पारित हुन नदिएकाे आराेप

काठमाण्डाै – मिटरब्याजीलाई कारबाही गर्ने कानुन पारित गर्न माग गर्दै मिटरब्याज पीडितले काठमाण्डाैमा प्रदर्शन गरेका छन् । आइतवार काठमाण्डाैकाे माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म मिटरब्याज पीडितले प्रदर्शन गरेका हुन् । मिटरब्याज पीडितको समस्या समाधानका लागि सरकारले गएकाे वैशाख २० गते ल्याएको मुलुकी संहीतासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८० को प्रतिस्थापन विधेयक निष्क्रिय भएको छ । संविधानअनुसार अध्यादेश जारी भएको ६० दिनभित्र संसदबाट पारित नभए निष्क्रिय हुन्छ । कानुन निष्क्रिय भएसँगै मिटरब्य...