लगानी बोर्डको रणनीतिक योजना सार्वजनिक हुँदै, दुई विषयमा छलफल गरिने

काठमाडौं। लगानी बोर्डले तयार गरेको पाँच वर्षे व्यावसायिक योजना सहितको रणनीतिक योजना (२०७८-८२) भदौ २३ गते सार्वजनिक गरिने भएको छ। ०६८ सालमा स्थापना भएको लगानी बोर्डले 'लगानी बोर्डको १० वर्षः आर्थिक समृद्धिका लागि साझेदारी' को मुल नाराका साथ दशौं वार्षिक उत्सव मनाउँदैछ। त्यही कार्यक्रममा रणनीतिक योजना सार्वजनिक गरिने भएको हो।  प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष शेरबहादुर देउवाबाट रणनीतिक योजनाका साथै नेपाल इन्भेष्टमेन्ट गाइड, २०२१ र कफी टेवल बुक समेत सार्वजनिक गर्ने छन्। दशौं वार्षिकोत्सव उद्घाटन स...