यी हुन मनाङ दुर्घटनामा ज्यान गुमाएका पाँच मेक्सिकन यात्रीहरु

काठमाडौं । मनाङ एयरको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पाँच मेक्सिकन नागरिकको पहिचान खुलेको छ । प्रहरीका अनुसार दुर्घटनामा ज्याउन गुमाउने सबै मेक्सिकन नागरिक हुन् । सोलुको लाम्जुरा पासमा भएको हेलिकप्टर दुर्घटनामा निधन भएका विदेशी नागरिक यी हुन् १. सिफुन्जेस जी. फर्नान्डेज (पुरुष) २. गोन्जालेस आब्रिला (महिला) ३. गोन्जालेस ओलासियो लुस (महिला) ४. सिफिुन्तेस जी. मारिया […]

सम्बन्धित सामग्री

मनाङ एअर दुर्घटना: नेपालमा हेलिकप्टर उडान किन जोखिमपूर्ण? - BBC News नेपाली

नागरिक उड्डयन प्राधिकरणको पछिल्लो हवाई सुरक्षा प्रतिवेदन अनुसार नेपालमा हालसम्म भएका हेलिकप्टर दुर्घटनामा ८५ जना बढीले ज्यान गुमाएका छन्।

मनाङ एअर दुर्घटना : सबै शव काठमाडौँ ल्याइयो

काठमाडौँ- मनाङ एअरको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका सबै जनाकाे शव काठमाडौँ ल्याइएको छ । शवलाई काठमाडौँ शिक्षण अस्पतालमा पाेष्टमार्टमका लागि उनीहरूकाे शव ल्याइएकाे हाे । सुरुमा चार जनाको र दोस्रो हेलिकप्टरमा दुई शव गरी ६ जनाकाे शव काठमाडौँ ल्याइएको हाे । मंगलबार हेलिकप्टर दुर्घटन...

विपत् प्रतिकार्यसँगै पुनस्र्थापना (सम्पादकीय)

यस वर्षको मनसुन सुरु भएलगत्तै सिन्धुपाल्चोक र मनाङमा बाढीपहिरोले जनधनको निकै ठूलो क्षति भयो । असार १ गतेको भारी वर्षा, पहिरो र बाढीले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु धेरै प्रभावित भयो । यसको लगत्तै मनाङमा बाढीपहिरोले धेरैको घर र खेतीयोग्य जमिन बगायो । यी दुवै घटनामा धेरैले ज्यान पनि गुमाउनुप¥यो । सुरक्षाकर्मीलगायत सरकारी तथा गैरसरकारी क्षेत्रबाट उद्धार र राहतको काम भए पनि यी क्षेत्रमा घरबार गुमाएका परिवारको सुरक्षित बसोवास र दैनिक गुजारामा अझै समस्या छ । यी क्षेत्रका पीडितलाई हालसम्म राहत र पुनस्र्थापनाको व्यवस्था हुन नसकेको भन्दै मङ्गलबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सरकारको आलोचना भएको छ । सिन्धुपाल्चोक र मनाङ क्षेत्रमा प्राकृतिक प्रकोप प्रभावित क्षेत्रमा प्रकोपपछिका कामलाई प्रभावकारी बनाउन विपत् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको छ । सोमबार मन्त्रिपरिषद्को बैठकले यी क्षेत्रलाई २०७८ साल असोज मसान्तसम्मका लागि विपत् सङ्कटग्रस्त क्षेत्र घोषणा गरी बाढी र पहिरोले क्षति भएका संरचनाको प्रभावकारी रूपमा पुनर्निर्माण तथा अन्य आवश्यक निर्माण, मर्मतसम्भार कार्य गर्ने निर्णय भएको हो । सिन्धुपाल्चोक प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेको जिल्ला हो । यस पटक मात्रै होइन, बर्सेेनि सिन्धुपाल्चोक प्राकृतिक घटनाबाट प्रभावित हुँदै आएको छ ।

हेलिकप्टर दुर्घटनामा मृत्यु भएका ६ जनाकै शव काठमाडौं ल्याइयो

सोलुखुम्बुको लिखुपिके गाउँपालिकाको लामजुरामा मनाङ एयरको हेलिकोप्टर दुर्घटना हुँदा ज्यान गुमाएका क्याप्टेनसहित छ जनाको शव काठमाडौं ल्याइएको छ।

हेलिकप्टरको पंखाले लागेर ज्यान गुमाएका मेहताको शव भारत लगिँदै

सुर्खेत – मनाङ एयरको हेलिकप्टरको पङ्खाले लागेर हिल्सामा ज्यान गुमाएका भारतीय नागरिकलाई उनकै देशमा लगिने भएको छ ।  मुम्बईका ४२ वर्षीय नगेन्द्रकुमार कार्तिक मेहताको मङ्गलबार हिल्सामा हेलिकप्टरबाट ओर्लेर सेल्फी खिच्ने क्रममा पछाडिको पङ्खा लागेर मृत्यु भएको थियो । मेहताको शव मङ्गलबार नै हिल्साबाट सिमकोट पु¥याइएको...