उच्च अदालतमा तीन मुख्य न्यायाधीश नियुक्त

न्याय परिषद्ले उच्च अदालतमा तीन जना मुख्य न्यायाधीश नियुक्ति तथा पदस्थापन गरेको छ । परिषदको आइतबारको बैठकले बहालवाला सर्वोच्च अदालतका मुख्य रजिस्टार नृपध्वज निरौला र उच्च अदालतका बहालवाला दुई न्यायाधीशलाई मुख्य न्यायाधीशमा नियुक्त गरेको हो । निरौला मुख्य न्यायाधीशमा नियुक्त भएसँगै सर्वोच्चको मुख्य रजिस्टार पद रिक्त भएको छ । न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले मुख्य न्यायाधीशमा नियुक्ति र पदस्थापन भएको जानकारी दिनुभयो । कार्कीका अनुसार निरौलालाई उच्च अदालत दिपायलको मुख्य न्यायाधीशमा पदस्थापन गरिएको छ ।

सम्बन्धित सामग्री

योग्यता ढाँटेर न्यायाधीश बनेकी रेणुकालाई बर्खास्त गरिने

काठमाडौँ : न्यायपरिषद्ले न्यायाधीश रेणुका साहलाई बर्खास्त गर्ने निर्णय गरेको छ।उच्च अदालत तुल्सीपुरको बुटवल इजलासमा कार्यरत साहलाई न्यायपरिषद्को शुक्रबारको बैठकले बर्खास्त गर्ने निर्णय गरेको हो। योग्यता नै नपुगेकी साह शक्तिको आडमा न्यायाधीश नियुक्त भएको भन्दै छानबिनको माग भएपछि उनी बर्खास्तीमा परेकी हुन्।पूर्वप्रधानन्यायाधीश रामकुमारप्रसाद साहकी छोरी रेणुकाले नियुक्ति लिने समयमा आवश्यक न्यूनतम योग्यता ढाँटी नियुक्ति लिएको छानबिनबाट पुष्टि भएको न्यायपरिषद्ले जनाएको छ।न्याय परिषद्को शुक्रबारक

योग्यता ढाँटेर न्यायाधीश नियुक्त पूर्वप्रधानन्यायाधीशकी छोरीको जागिर गयो

काठमाडौं, २४ असार । पूर्वप्रधानन्यायाधीश रामप्रसाद साहकी छोरी हुन् रेणुकुमारी साह । उनले योग्यता ढाँटेर न्यायाधीशमा नियुक्ति लिएको खुल्यो । उच्च अदालत दाङ तुलसीपुरको बुटवल इजलासकी साहबारे छानविन भयो । सीटीइभीटीको पूर्णकालीन कर्मचारी भएर उनले न्यायाधीश नियुक्ति लिएको खुल्यो । जब कि संविधानमा न्यायाधीश नियुक्तिका लागि निरन्तर कानून व्यवसाय गरेको हुनुपर्ने अनिवार्य व्यवस्था छ । […]

मुख्य रजिष्टारलाई उच्च अदालत र तिलप्रसादलाई सर्वोच्चको न्यायाधीश नियुक्त

काठमाडौँ । उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका छन् । कायममुकायम प्रधान न्यायाधीश दीपक कुमार कार्कीले न्यायपरिषद बैठकबाट श्रेष्ठलाई सर्वोच्चको न्यायाधीश बनाएका हुन् । यस्तै कार्कीले सर्वोच्च अदालतका मुख्य रजिष्टार लालबहादुर कुँवरलाई उच्च अदालतको न्यायाधीश बनाएर बाहिर पठाएका छन् । यसअघि मुख्य रजिष्टार उच्च अदालतको मुख्य न्यायाधीश हुने गरेकोमा […]

चुडाल र सुवेदी सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्च अदालतमा दुई न्यायाधीश नियुक्त गर्नुभएको छ । उच्च अदालत पाटनमा मुख्य न्यायाधीश रहनुभएका झापाका डाक्टर कुमार चुडाल र उच्च अदालत सुर्खेतमा मुख्य न्यायाधीश रहनुभएका म्याग्दीका नहकुल सुवेदीलाई राष्ट्रपति भण्डारीले साेमवार (आज) सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गर्नुभएको हो । राष्ट्रपति कार्यालयका प्रवक्ता रूपनारायण भट्टराईले विज्ञप्ति निकालेर न्याय परिषद्को सिफारिसमा राष्ट्रपतिले दुई न्यायाधीशलाई नियुक्त गरेको जानकारी गराउनुभएको छ ।

सर्वाेच्च अदालतमा दुई न्यायाधीश नियुक्त

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले डा कुमार चुडाल (झापा) र नहकुल सुवेदी (म्याग्दी)लाई सर्वाेच्च अदालतको न्यायाधीशमा नियुक्त गरेकी छिन्।राष्ट्रपतिले नेपालको संविधानको धारा १२९ को २ बमोजिम न्याय परिषद्का सिफारिशमा आज उनीहरुलाई नियुक्त गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले जारी विज्ञप्तिमा जनाइएको छ। चुडाल हाल उच्च अदालत, पाटन र सुवेदी उच्च अदालत, सुर्खेतमा मुख्य न्यायाशीश छन्।

राष्ट्रपतिद्वारा चुडाल र सुवेदीलाई न्यायाधीश नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले दुई मुख्य  न्यायाधीशलाई सर्वोच्चको न्यायाधीशमा नियुक्त गरेकी छिन् । राष्ट्रपतिले नेपालको संविधानको धारा १२९ को उपधारा २ बमोजिम न्यायपरिषद्को सिफारिसमा कुमार चुडाल र नहकुल सुवेदीलाई न्यायाधीश नियुक्त गरेकी हुन् । न्यायाधीशमा सिफारिस गरिएपछि उनीहरुको नाम संसदीय सुनुवाइबाट यसअघि नै अनुमोदन भइसकेको थियो । झापाका चुडाल यसअघि उच्च अदालत पाटनमा मुख्य न्यायाधीश रहेका थिए भने सुवेदी उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश रहेका थिए ।

उच्च अदालतमा दुई मुख्य न्यायाधीश नियुक्त :: Pahilopost.com

काठमाडौं : आज बसेको न्यायपरिषद बैठकले न्यायाधीश रमेश पोखरेललाई उच्च अदालत सुर्खेतको मुख्य न्यायाधीशमा पदस्थापन गरेको छ। त्यसैगरी कुमार पोखरेललाई उच्च अदालत तुल्सीपुर बुटवल इजलासबाट मुख्य न्यायाधीशमा सिफारिस भई दिपायल पदस्थापन गरेको छ। जिल्लामा पाँच न्यायाधीश नियुक्त न्याय सेवा आयोगले खुला पदपूर्तिका आधारमा जिल्ला तहमा पाँच न्यायाधीश नियुक्त गरेको

चार जना मुख्य न्यायाधीश नियुक्त

न्यायपरिषदको बिहीवार बसेको बैठकले चार जना मुख्य न्यायाधीश नियुक्त गरेको छ । नहकुल सुवेदीलाई तुलसीपुर उच्च अदालत, उदयप्रसाद चापागाँईलाई जनकपुर उच्च अदालत, यज्ञप्रसाद बस्याललाई दिपायल उच्च अदालत र हरिकुमार पोखरेललाई सुर्खेत उच्च अदालतको मुख्य न्यायाधीशमा नियुक्त गरेको छ ।

उच्च अदालतका चार मुख्य न्यायाधीश नियुक्त

२० पुस, काठमाडौं । न्याय परिषदले उच्च अदालतका चार मुख्य न्यायाधीश नियुक्त गरेको छ । परिषद्को बिहीबार बसेको बैठकले सर्वोच्च अदालतका मुख्य रजिष्टार नहकुल सुवेदीलाई उच्च अदालत तुलसीपुरको मुख्य न्यायाधीश नियुक्त गरेको हो । यस्तै उच्च अदालत जनकपुरको मुख्य न्यायाधीशमा उदयप्रसाद चापागाई, सुर्खेतमा हरिप्रसाद पोखरल र दिपालयको मुख्य न्यायाधीशमा यज्ञ वस्याललाई नियुक्त …