दिगो पूर्वाधारका लागि समावेशिता र सुशासनको मुद्दा चुनौतीपूर्ण

काठमाडौँ । विज्ञहरूले दिगो पूर्वाधार विकासका लागि समावेशिता र सुशासन मुद्दा चुनौतीपूर्ण भएको बताउँदै यसलाई कम प्राथमिकता दिइएको बताएका छन् ।  नेपालको पूर्वाधार विकास गर्दा पूर्व तयारीदेखि निर्माण र सञ्चालनको बेला सुशासन र समावेशीताका मुद्दालाई गम्भीरताका साथ नलिने बताउँदै उनीहरूले यसका लागि पहुँच, उपयोग र प्रतिफल समेतमा समावेशी बनाउनुपर्ने र सुरु देखिनै सुशासनको पक्षलाई भुल्न नहुने बताए । नेपाल आर्थिक पत्रकार समाज (सेजन) र पीईआईले  सोमबार आयोजना गरेको ‘दिगो पूर्वाधार समावेशीकरण र शासनका प्रश्नहरू’ विषयक भर्चुअल कार्यक्रममा उनीहरूले आयोजना तर्जुमा देखिनै पूर्वाधार आयोजनाहरूमा समस्या रहेको बताए । नेपालमा लागत र समयभन्दा अगावै बनेका कुनै पनि पूर्वाधार आयोजनाहरू नरहेको भन्दै पूर्वाधार विकासको मोडललाई समावेशी बनाउनुपर्ने बताए ।