सुब्बादेखि हाकिमसम्म कार्यकक्षमा मदिरामा मस्त

सुर्खेत जिल्ला कृषि विकास कार्यालय जाजरकोटका प्रमुख रविन धितालसहित अन्य कर्मचारी कार्यकक्ष परिसरमै मदिरा सेवन गरेको अवस्थामा फेला परेका छन । बेलुका सात बजेको समयमा कार्यालय प्रमुख, प्रशासन अधिकृत, सुब्बा, लेखापाल, कृषि प्राविधिक सहित कार्यकक्ष परिसरमै मदिरा सेवन गरिहेको अवस्थामा फेला परेका हुन् । नेत्र विक्रम  चन्द (विप्लव) नेतृत्वको नेकपा जाजरकोटले कार्यालयमा मदिरा सेवन गरिरहेका उनीहरुलाई पक्राउको माग गर्दै जिल्ला प्रहरी कार्यालय जाजरकोटलाई बुझाएको छ । कार्यालयको ढोका बन्द गरी ना

सम्बन्धित सामग्री

टिकटकिया राष्ट्रवाद

सरकारले टिकटक भन्ने चिनिया एपलाई ड्याम्मै बन्द के गद्र्याथ्यो ठीकठाकसँग चलिरहेको देश अकस्मात् ठ्याक्कै दुई भागमा विभाजित भयो । कोही भन्छन्– सरकार उल्टो बाटो हिँड्यो, कोही भन्छन्– बल्ल सुल्टो हिँड्न खोजेको छ । कोही भन्छन्– सरकारले अभिव्यक्ति स्वतन्त्रता हनन गर्‍यो त कोही भन्छन्– टिकटकले गर्दा समाजमा विकृति मौलाएकाले ठोकेर ठीक गर्‍यो । कोही भन्छन्– प्रतिगमन भो, कोही अग्रगमन । कोही भन्छन्– सरकारले अमेरिका र भारतको कुरा सुन्योे, अब चीन रिसाउँछ । यसले राष्ट्र कमजोर बनाउँछ । जे होस्, यो टिकटकिया राष्ट्रवाद केही समय त राम्रै टिक्ने देखिन्छ । हाम्रो व्यवहार र व्यापार साँच्चै अनलाइन अर्थात् डिजिटल भैसक्या बेलामा सरकारले यसरी टिकटक झ्याप्पै बन्द चाहिँ गर्न हुन्नथ्यो रे । विकृति मौलाए पनि सके नियमन, नसके अनुगमन, त्यो पनि नसके मात्रै बिस्तारै बिस्तारै बन्द गर्‍या भे चैं हुन्थ्यो रे । देश कति धेरै डिजिटल र टिकटकमय भैसकेछ भने सुन, चाँदी, हीरा, मोतीसम्म पाइने सुपरमार्केट र मलहरूमा जुम्लाको स्याउदेखि हुम्लाको हुक्कासम्म, सिन्धुलीको जुनारदेखि सिलगुडीको सुनारसम्मले टिकटकबाट अपारको व्यापार गरिरा रछन् । हुन पनि अब शोरुम सजाएर, जागीरे जोताएर र लगानी जुटाएर किन पो व्यापार गर्नु ? अल्छी ग्राहकलाई बल्छी हान्न छाडेर को टन्टा बोकोस् । सबैलाई अनलाइनमै खरीद गर्नु छ । खरीददारहरू सबै चिसो एसी चालू गरेर डबल बेडमा घुरिरहेका छन् वा भित्तामा अड्याइएका मोबाइलमै टिकटक हेर्न मस्त छन् । अनि पैसा धेरै लगानी गरेर कानूनी बाटो रोज्ने चाहिँ त्रस्त छन् । तर अहिले सुकेका नरिवल र फुकेका नेता दुवैको भाउ बढिरहेको छ । अफसिजनमा यस्तै हुन्छ । नेता सधैं नरिवलको तुलनामा ज्यादा बिकाउ हुने गरेका छन् । अमला र अम्बा कडा छन् । यतिबेला नेताहरू बेचिनका लागि हरेक चौबाटोमा खडा छन् । सारा सामान अनलाइनमा बिकिरहेका छन् । नेताजी भने अनलाइन, अफलाइन, बेलाइन अनेक प्रकारले बिकि नै रहेका छन् । मन्त्री, प्रधानमन्त्रीको म्युजिकल चेयर प्रतियोगिता त अहिले छैन । तर नेताहरूको सत्ताको अंशबण्डा अफेयर भने चलिरहेकै छ । युवा जति खाडीमा छन् त सीधै कुरा हो बुढाजति देश हाँक्ने गाडीमा छन् । थुप्रै महिला चुनावै नलडे पनि सांसदको कोट र साडीमा छन् । अहिले त कालाबजारी, गुण्डादेखि गल्लीको भिखारी पनि आफ्नो बोरामा एक–दुई नेताहरू लिएर विक्रीका लागि सडकमा उभिएका छन् । सँगै एकजना सेल्सम्यान अर्थात् विक्री प्रतिनिधि देखिन्छ, जो आफ्नो बोराभित्र चम्किलो खोल भएको प्याकेटमा रहेको सामान कुनै अनलाइन खरीदकर्ताको घरमा डेलिभरी दिइरहेको छ ।  यतिबेला नेताहरू बेचिनका लागि हरेक चौबाटोमा खडा छन् । सारा सामान अनलाइनमा बिकिरहेका छन् । नेताजी भने अनलाइन, अफलाइन, बेलाइन अनेक प्रकारले बिकि नै रहेका छन् । काठमाडौंदेखि पोखरासम्म, सिन्धुलीदेखि चितवनसम्म, बुटवलदेखि धनगढीसम्म सबै अनलाइन भएका छन् । बरमझिया वा भैरहवाको पेडादेखि बेलायतको मदिरासम्म । चीनको मोबाइलदेखि अमेरिकाको किताबसम्म । डिस्काउन्ड अफर, रिफरल मार्केटिङ, अफिसियल मार्केटिङ र सेल । हाकिम, नेता र जालझेल । सरकारी योजना सबै फेल । सबै बिकिरहेका छन् अनलाइनमा ह्वारह्वार ! मनलाइनलाई अनलाइन समाचार बनाएर कमाउने लाइन पनि चलेकै छन् ।  जसरी कुनै मन्त्री बिक्छ कुनै रिसोर्टमा, मुख्यमन्त्रीको लोभमा । दशैं दिशामा अनलाइनको बबण्डर आफ्नो गतिमा सबैलाई दपेटिरहेको छ, लपेटिरहेको छ । प्रत्येक प्रदेश, महानगर, नगर, गाउँपालिका र वडाहरूमा नेता हाकिम अनलाइन बिक्नका लागि ननलाइनको डोजरसँगै तम्तयार खडा छन् । मेयरदेखि शेयर बजारमा शेयर खरीद विक्री गर्नेहरू समेत टिकटक लगायतका सामाजिक सञ्जालमा महँगी र अस्तव्यस्तताका कविता फुराइरहेका छन् । धर्को तानेर शेयर बजारको भविष्यवाणी गर्नेको बोली पनि बिकेकै छ । हिजोआज केही वर्षमै अनलाइनमा यति कवि र अर्थशास्त्री जन्मिएका छन् कि त्यति त असार साउनमा भ्यागुता पनि हुन्नन् । यता भ्यागुताहरूले कविसँग तुलना गरेकोमा खेद व्यक्त गरिसकेका छन् । तर जति अनलाइन अनलाइन भनेर कुर्लिए पनि अझै युवाहरू विदेशमा जागीर वा कलेजका लागि अनलाइन फारम भरेर पासपोर्ट लिने लाइनमा छन् । बडो गज्जपको दृश्य छ देशैभरि । टिकटके र फेसबुके अफेयर, झगडा, लफडा, सम्मेलन सबै थोक भइरहेको छ । अनलाइन प्रेम भयो । अहिले अनलाइनमै मन्त्रोच्चारणसहित विवाहको कर्म पनि सम्पन्न हुन थालेको छ । आशीर्वाद पनि ई–पेमेन्टबाटै । तुरुन्त धन्यवादको जवाफको श्रव्यदृश्य । बाथरुमको सिटमै बसी बसी आफूलाई मन परेको भोजन अर्डर पनि दिन पाइने भएपछि के चाहियो ? मेनु नै मेनु । बस्, तपाईं क्लिक गर्नुस्, टच गर्नुस् अर्थात् बटन थिचिरहनुस् आफ्नो मोबाइलमा, बाँकी काम अनलाइनवालाले गर्दिहाल्छ । मोडर्न प्लेटफर्म । केही समयपछि नै तपाईंको घरअघि बाइक–गाडीवालाहरू तपाईंको अर्डर डेलिभरी गर्न घुमिरहेका हुनेछन् । अब त निकट भविष्यमै तपाईंको छतमा ड्रोनले सामान झारिरहेका दृश्य सामान्य हुनेछ । तपाईंले आफ्नो बाथरुममै बसी–बसी छतमा उडिरहेका ड्रोनलाई आफ्नो ओटीपी पासवर्ड भन्नुपर्ने हुन्छ । चाहनुभयो भने ओटीपी नुहाउँदा नुहाउँदै वा पलंगमा पल्टिरहेकै अवस्थामा पनि बताउन सक्नुहुन्छ । अनि विवाहको भोज पनि तपाईंकोमा हाजिर भइसक्छ । अनि यसरी अनलाइन विवाह सम्पन्न हुन्छ । यस्तो डिजिटल माहौलमा सरकारले यसरी हठात् टिकटक बन्द गर्न कसरी सकेको होला हँ ? नयाँ दलहरूले टिकटकबाट बल गरेर भोट बटुल्छन् भनेर डराएको कि अमेरिका र भारतले भनेर होश हराको ? खैर अहिले भने अनलाइन डेलिभरीवाला आइपुगे जस्तो छ । धेरै समयदेखि श्रीमतीजीले नेपाली किवी, एभोकाडो र ज्याकफ्रुट फर्माइस गरिरहेकी थिइन् । श्रीमतीलाई खुशी पार्ने योभन्दा उचित अवसर अरू कुनै हुन सक्ला र ? तर मलाई भने एउटा गहिरो चिन्ताले भित्रभित्रै सताइरहेको छ । टिकटक, भाइबर, ट्वीटर (एक्स), मेसेन्जर, लिन्क्डइन, ह्वाट्सएप, फेसबुक, इन्स्टाग्राम, डिस्कर्ड, स्काईप, टेलिग्राम, ईमेल, जीमेल के को मात्र जवाफ दिएर बसुँ ? चार दिनको जिन्दगी छ । तर दुई–दिन टेलिभिजनले लियो, दुई–दिन इन्टरनेटमा टिकटक सिकटकले वा फेसबुकले लिइरहेछ । टिकटक सदाका लागि बन्दै भएछ भने पनि अर्को कुनै पिकटक, बिगटक, बकबक, कचकच वा त्यस्तै केही नयाँ एप आउँछ नै होला । अनि हामीजस्ता मनुवालाई सताउँछ नै होला । अनि बाँच्ने चैं कहिले ? मादलको तालमा नाच्ने चैं कहिले ? त्यसरी सोच्दा चंै एक मनले भन्छ, सरकारले जुन कारणले टिकटक बन्द गरे पनि कमसेकम एउटा झण्झटबाट अहिलेलाई मुक्ति मिलेको छ । भोको पेटमा एउटा खोक्रो अभिव्यक्ति स्वतन्त्रताबाट र टिकटके राष्ट्रवादको गर्मीबाट छुट्टी मिलेको छ । तपाईंलाई चैं कस्तो लागेको छ कुन्नि ?

यो कस्तो स्वतन्त्रता हो ?

बिदा धेरै भयो भन्दै थे, कुर्सीमा पुग्नासाथ फ्याट्टै छलाङ हानेछन् क्रान्तिकारीले, दनादन सार्वजनिक बिदा थप्न पो लागे । ३० दिनको महीना १२ दिन बिदा । सरकारी निकायले काम नगरे पनि तलब पाकिहाल्छ, के भो र । अरूलाई बिदा दियो आफू व्यापारतिर लाग्यो । राजनीति गर्नेहरू भित्रभित्रै व्यापारमा लाग्न थालेका छन् भने उद्योगी व्यापारीहरू राजनीतितिर । राजनीतिमा नजाने व्यापारीहरू भने कि संन्यास लिने, नभए आत्महत्या गर्ने स्थितिमा पुगेका छन् । पूरै राजनीति र शासनतन्त्र भने जनतालाई मूल मुद्दाबाट भट्काउने किसिमले गरिँदै गएको छ । पाकिस्तानको आर्थिक स्थिति हेरौं । अझ आर्थिक रूपले बलियो श्रीलंकाको हालत हेरौं, जो कुनै बेला पूरै सुनको थियो रे । हाम्रै पालामा पनि कति राम्रो थियो, तर आज कुन स्थितिमा छ । दल र दलपतिहरू चढ्न चैं उत्तरमा रहेको समृद्धिको सगरमाथा चाहन्छन्, तर लाग्छन् दक्षिणतिरको महासागरतर्फ । काशी जान कुत्तीको बाटो भन्थे पुर्खाले, अहिले हिमाल चढ्न दिल्लीको दौड पो छ । तर ‘दिल्लीका लड्डु खाया भी पछुताया, नखाया भी पछुताया’ । पदमा पुग्नासाथ नेताहरू सत्ता र भत्ताको मदमा मस्त रहँदा रहेछन् । कुर्सी त ढिलोचाँडो जान्छ, तर देशमा उनीहरूले गरेका गलत कामहरूको प्रभाव भने पुस्तौंसम्म रहन्छ । हिजोको कामको परिणाम आज भोग्छौं, आजको कामको भोलि । शास्त्रले कर्मको फल भोग्नैपर्छ भन्छ । आज धान रोपेर भोलि गहँु त पक्कै नफल्ला । तर कलहको बीउ रोपेर सुशासनको फल टिप्ने आशा गर्दैर्छौं हामी । हिजो शासकले गरेका कर्मको फल अहिले हामी सर्वसाधारणले भोग्दै छौं । कुनै दिन त उनीहरू आफैले पनि भोग्नुपर्ला नै । इराकका सद्दाम, पाकिस्तानका जिया, युगान्डाका अमीन, बंगलादेशका खोन्डाकर, फिलिपिन्सका मार्कोस, क्याम्बोडियाका पोलपोट, चिलीका पिनोशे जस्ताको उदाहरण हेरे पुग्छ । इतिहास त यिनले पनि पढे होलान् । तर बुझ्न चाहिँ के बुझे खै कुन्नि ? शायद हाम्रा आजका शासकहरू आफै भ्रममा छन् र देशलाई पनि भ्रमै भ्रममा डोर्‍याइरहेका छन् । वा भ्रमको खेती गरेर आफ्ना उन्नतिको सिँढी मात्र थपिराछन् ? ल सत्तापक्षलाई त पदको मात लाग्यो रे । तर प्रतिपक्ष चाहिँ के भको हो कुन्नि ? स्वस्थ प्रजातन्त्रका लागि त बलियो विपक्षी चाहिन्छ भन्छन् । जुनसुकै दलको सरकार होस्, त्यसलाई मत्ता हात्ती हुन नदिने काम हो प्रतिपक्षको । तर जब चुनिएर आएको विपक्षी कमजोर हुन्छ वा कुनै लोभका कारणले कमजोर बन्छ वा बनाइन्छ, तब त्यो विपक्षीको भूमिका निभाउने जिम्मा पत्रकार, बुद्धिजीवी, नागरिक समाजको हुन्छ । हो त्यै विपक्षीको भूमिकामा छु अहिले म । नेपालमा नागरिक त छन्, तर नागरिक समाज देखिरहेको छैन । जहाँसम्म बुद्धिजीवीहरू छन् कि छैनन् भन्ने प्रश्न छ, बुद्धि भएकाहरू धेरै छन् देशमा । तर धेरैका बुद्धिमा जीवहरू अर्थात् कीरा पसेका छन् जस्तो छ । त्यसैले उनीहरू दलको मादलमा नाचिरहेका मात्र देखिन्छन् । जुनसुकै नाममा खुलेका किन नहुन् तर नेपालका दल र सरकारले काम गर्न सकेनन् वा गर्न चाहेनन् । यो कुरा कुनै पत्रकार वा कुनै मिडियाले मात्र भनेका होइनन् । स्वयं सरकार, दल र संसद्भित्रैबाट उठिरहेको आवाज हो यो । जनताले राम्रैसँग बुझेका छन् कि यिनका कथनी र करणीमा कति फरक छ भनेर । यी दल र दलपतिहरू चढ्न चैं उत्तरमा रहेको समृद्धिको सगरमाथा चाहन्छन्, तर लाग्छन् दक्षिणतिरको महासागरतर्फ । काशी जान कुत्तीको बाटो भन्थे पुर्खाले, अहिले हिमाल चढ्न दिल्लीको दौड पो छ । तर ‘दिल्लीका लड्डु खाया भी पछुताया, नखाया भी पछुताया’ । शायद उनीहरूलाई केही गर्नु नै छैन । केवल अनेक तिगडम गरेर शासनको गद्दीमा टाँसिइरहनु छ । हामी नेपालीहरू सधैं भगवान्को खोजीमा भट्किरहेका हुन्छौं । भक्त हुनु ठीकै होला । तर अन्धभक्तिले कसैलाई कहीँ पुर्‍याउँदैन । आँखा त सबैको देखिन्छ, तर दृष्टि कसैमा पनि देखिन्न, दूरदृष्टि त झन् टाढाका कुरा भयो । नेपाली मतदाताको समस्या यहीँनेर छ । अन्धभक्त हरेक ढुंगालाई भगवान् बनाउन उद्यत छ । भगवान्का हरेक अपराध पनि अपराध लाग्दैनन् । यहाँ कि कसैको एकैचाटि देवत्वकरण हुन्छ कि दानवीकरण । यस्तो रोग लागेपछि कुन सही दृष्टि, कुन भ्रम कसले छुट्ट्याउने ? मानिसहरू जताततै भ्रष्टाचार भयो भनिरहेका छन् । नेताहरू पनि त्यसै भनिरहेका छन् हाकिम र पियन पनि त्यही भनिरहेका छन् । सबैले  भ्रष्टाचारको विरोध गर्छन् । तर यहाँ भ्रष्टाचार शिष्टाचार बनिसकेको छ । एकआपसमा मिलेर खानु भ्रष्टाचार नभई एक ‘कोअपरेटिभ कल्चर’ बनेको छ । अनि भाषणमा भ्रष्टाचार देखिन्छ, अख्तियारले भ्रष्टाचार र भ्रष्टाचारी देख्दैन । त्यसैले नेपालमा भ्रष्टाचार कहिले खत्तम हुन्छ त ? म भन्छु कहिल्यै हुन्न । किनकि राजनीति र भ्रष्टाचार दुवैको राशी एउटै हो । त्यसैले भनिन्छ कि नेपालमा प्रत्येक व्यक्ति इमानदार छ, जबसम्म ऊ पक्राउ पर्दैन । यै साता संसद्मा गएरै स्वयं राष्ट्रपतिले समेत भनिन् कि देशमा भ्रष्टाचार धेरै भयो, कम गर्नुपर्‍यो भनेर । जवाफमा प्रधानमन्त्रीले भ्रष्टाचार खत्तमै गर्ने ठोकुवा गरे । अर्थात् आफू पनि नखाने, अरूलाई पनि खान नदिने रे । झूठको निम्तो खाइ पत्याउनु ! नखाई उनीहरू कसरी बाँच्छन् होला र खै ? न स्मार्टफोन बोक्दैमा कोही स्मार्ट हुन्छ, न त फास्ट फूड खाएर कोही फास्ट हुन्छ । त्यस्तै न कसैले भ्रष्टाचार निर्मूल पार्छु भनेर भ्रष्टाचार निर्मूल हुन्छ, न चोखो छु भन्ने नै चोखो हुन्छ । किनकि जबसम्म देशका मूल मुद्दाहरूमा नेतृत्व तहबाटै इमानदार समाधान खोजिँदैन, तबसम्म देश अघि बढ्दैन । यतिबेला देशलाई विभिन्न समस्याहरूबाट मुक्ति चाहिएको छ भन्छन् हरेक दल र दलपतिहरू । त्यसो गर्न त धर्मभक्त र दशरथ चन्दहरू नै चाहियो नि । दशलाखे शहीदहरूबाट त पार लागेन त ! तर फेरि भक्त र चन्दहरू कहाँबाट ल्याउने ? ल मानौं, आए रे । बदलामा फेरि रगत माग्छन् । कसरी दिनु ? दुईचार थोपा बचेको रगत पनि दिने हो भने करवाला र घरवालाले के चुस्छन् फेरि ? त्यसैले भन्न मन लाग्छ... लौन ! यो कस्तो स्वतन्त्रता हो, बिहानीसँग डर लाग्छ जबदेखि लुटिएँ उज्यालोमा, अब उज्यालोसँगै डर लाग्छ प्रजातन्त्रको मन्त्र जपिहिँड्ने पाखण्डीहरूको करतूतहरू देखेपछि अब त पराईहरूबाट भन्दा आफ्नै भन्नेहरूसँग डर लाग्छ ।