जबर्जस्ती काठ बेचे कारबाहीको चेतावनी

रोशन पराजुली, हेटौंडा सरकारी निर्णय उल्लंघन गर्दै पश्चिम मकवानपुरको मनहरी गाउँपालिकामा वैज्ञानिक वन व्यवस्थापनरत सामुदायिक वन उपभोक्ता समूहहरूले उपभोक्ताका लागि तत्काल काठ वितरण गर्ने तयारी गर्दा स्थानीय वन प्रशासनले चेतावनी दिएको छ ।नेपाल सरकारबाट कुनै निर्णय नभएका कारण कटान, संकलन र घाटगद्दी गरिएका काठ दाउरा आन्तरिक सदुपयोगसमेत गर्न नमिल्ने हु्ँदा अर्को आदेशसम्मका लागि काठ दाउरा […]

सम्बन्धित सामग्री

रौतहटमा तस्करीको काठ बरामद

रौतहट : जिल्लाको वृन्दावन नगरपालिका– ८ बर्गजवा टोलबाट मंगलबार प्रहरीले तस्करीको काठ बरामद गरेको छ। रौतहट प्रहरीले ४० क्युफिट सालको काठ बरामद गरेको जनाएको छ।बर्गजवा टोलस्थित बाटोको छेउमा रहेको परालभित्र सालको गोलिया लुकाई राखेको अवस्थामा प्रहरीले पाँच थान सालको गोलिया बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। बरामद भएको काठ कारबाहीको लागि डिभिजन वन कार्यालय चन्द्रनिगाहपुर रौतहटमा बुझाएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार जिल्लामा पछिल्लो समय काठ चोरी

बेवारिसे अवस्थामा काठ बरामद

बेवारिसे अवस्थामा प्रहरीले सालको काठ बरामद गरेको छ।मधुवन नगरपालिका–९ धर्मबस्ती स्थित बेवारिसे अवस्थामा रहेको प्रहरीले शनिबार काठ बरामद गरेको हो।...

५० करोड बढीको काठ निर्यात

धनकुटा । धनकुटाबाट वार्षिक ५० करोड बढीको गोलीया काठ (लकडी) तराईका उद्योगका लागि निर्यात हुने गरेको छ । सुनसरी, मोरङ, झापालगायतका जिल्लामा सञ्चालित प्लाई तथा काठ उद्योगका लागि यहाँबाट उत्तिस, खोटे सल्ला, चिलाउनेलगायत काठ निकासी हुने गरेको छ । जिल्ला डिभिजन वन कार्यालयको तथ्याङ्कअनुसार वार्षिक २८ देखि ५७ करोडसम्मको काठ जिल्ला बाहिर निकासी हुने गरेको […]

सर्लाहीमा रोकिएन काठ तस्करी

चुनाव नजिकिँदै जाँदा सर्लाहीको बनबाट काठ तस्करी बढेको पाइएको छ। बनबाट काठ तस्करी बढेको गुनासो बढेपछि वन कार्यालय बल्ल चनाखो बनेको छ।...

६८ थान काठ बरामद

सिराहा– सिराहामा वन कार्यालयको कर्मचारी र काठ तस्करको मिलेमतोमा स-मिलमा ल्याइएको ६८ थान काठ  बरामद गरिएको छ । काठ तस्करहरूले अवैध रुपमा कटान गरी स-मिलसम्म ल्याएको खयरको काठ डिभिजन वन कार्यालय लाहानको टोलीले बरामद गरेको हो  । मिर्चैया नगरपालिका–९ कमलदहमा रहेको सामुदायिक वन घुर्मी डाँडाको नर्सरीबाट खयर र सिसौ जातका रूख कटानपछि चोरी निकासी गरी […]

स्वदेशी काठ उत्पादनमा कमी, विदेशी काठ आयात बढ्दो

नेपालमा चालू आर्थिक वर्षको आठ महिनामा एक करोड ४३ लाख घनफिट काठ उत्पादन भएको छ। नेपाल सरकारले शनिबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को आर्थिक सर्वेक्षणअनुसार चालू आवको गत फागुनसम्म सो परिमाणमा काठ उत्पादन भएको देखिएको हो।...

सशस्त्र प्रहरीद्वारा काठ बरामद

सुर्खेतमा सशस्त्र प्रहरीले काठ बरामद गरेको छ। निर्वाचन केन्द्रित सुरक्षा गस्तीमा हिँडेको रक्तकाली गणबाट गस्तीमा खटिएका सशस्त्र प्रहरीले काठ बरामद गरेका हुन्।...

फर्निचर उद्योगबाट अवैध काठ बरामद

रौतहटके एक फर्निचर उद्योगबाट अवैध काठ बरामद भएको छ। वनबाट अवैध रुपमा ल्याइएको साल र सिसौको काठ डिभिजन वन कार्यालयले बरामद गरेको हो।...

साइकलसहित काठ बरामद

रौतहट प्रहरीले काठसहित सातवटा साइकल बरामद गरेको छ। अवैधरुपमा साइकलमा काठ बोकेर गइरहेको अवस्थामा गस्तीमा रहेको प्रहरीको टोलीले काठ र साइकल बरामद गरेको हो।...

सालको काठ बरामद

सर्लाही : अवैध रूपमा लुकाई राखेको सालको काठ सब डिभिजन वन कार्यालय मूर्तियाले बरामद गरेको छ।बागमती नगरपालिका–२ हरिवन खोलाको किनार लहरीबारीबाट सात थान गोलिया सालको काठ आज दिउँसो बरामद गरिएको हो।सुराकीको आधारमा ४० क्यूफिट बराबरको बेवारिसे अवस्थामा सालको काठ बरामद गरेको सब डिभिजन वन कार्यालय मूर्तियाका जमदार अमर पाख्रिनले जानकारी दिए।काठ अहिले मूर्तिया वन कार्यालयमा राखिएको छ। काठ कसले काटेर राखेको हो‚ त्यसको अनुसन्धान भइरहेको छ। काठको सरकारी मूल्य १ लाख ६० हजार रहेको उनले बताएका छन्।&nb