'संसद्मा भैँसी, राँगाको अनावश्यक गफ गरेर बिताउने हो भने हामीले गोबरबाहेक केही पाउँदैनौँ'

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभा बैठकमा आफ्नो पार्टीका सांसदहरूको केही दिनयताको बहस अमर्यादित भएको भन्दै माफी मागेका छन्।बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सभापति लामिछानेले विगत केही दिन यता प्रतिनिधि सभामा भएको छलफलबाट आफू लज्जित भएको बताएका हुन्। उनले प्रतिनिधिसभा बैठकमा राँगा र भैँसीको विषयमा गफ गरेर पाँच वर्ष बिताएमा गोबरबाहेक केही पनि नपाउने बताए।उनले सो विषयमा गरेको गफप्रति आफू आत्मआलोचित भएको स्पष्ट पारे। सभापति लामिछानेले बजेटको विषयमा कुराकान