काठमाडौँ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौँ सभा सम्पन्न भएको छ। प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सिंहदरबारमा शुक्रबार बसेको बैठकले आर्थिक वर्ष ०८२/८३ को बजेट पारित गरेको छ। प्रतिष्ठानका उपकुलपति डा. भरतबहादुर खत्रीले सभामा बजेट र नीति तथा कार्यक्रम प्रस्तुत गरेका थियो। जसअनुसार प्रतिष्ठानको यो वर्षको बजेट एक अर्ब ८९ करोड ४६ लाख रुपैयाँ […]