काठमाडौं- गायिका नितु पौडेलको निधन भएको छ । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो । उनको शुक्रबार बिहान ८ बजेतिर निधन भएको प्रहरीले जानकारी दिएको छ । केही दिनअघि उनले अनामनगरस्थित एउटा स्टुडियोमा आत्मदाहको प्रयास गरेकी थिइन् । घटनापछि प्रहरीले गायक बाबुल गिरीलाई बोलाएर सोधपुछ गरेको थियो ।