आज लक्ष्मी पूजा : धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गरिँदै
लक्ष्मी पूजाका अवसरमा आज शहर बजारमा दीपावली गरी झिलिमिली बनाइन्छ। कुल परम्परा अनुसार कतै आजै बिहान गाईको पूजा गर्ने प्रचलन समेत छ । शास्त्रीय रूपमा भने औँसीपछि कार्तिक शुक्ल प्रतिपदा लागेपछि मात्र गाई पूजा गर्नुपर्ने उल्लेख छ।