एजेन्सी - तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीको अलराउण्ड प्रदर्शनमा पाकिस्तानले एसीसी टी ट्वान्टी एसिया कपमा युएईलाई ४१ रनले हराउँदै सुपर फोरमा स्थान बनाएकोछ । समूह ए को निर्णायक खेलमा पाकिस्तान जितका साथ सुपर फोरमा पुगेको हो । जित्नलाई १ सय ४७ रनको लक्ष्य पछ्याएको युएई १७.४ ओभरमा १ सय ५ रनमा अल आउट भयो