बैतडी – बैतडीको मेलौलीसहित सुदूरपश्चिमका चार स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गरिँदै छ । सुदूरपश्चिमको बैतडीस्थित मेलौली, बाजुराको कोल्टी, डोटीको विपिनगर र दार्चुलाको गोकुलेश्वरमा इलाका प्रशासन कार्यालय स्थापना गर्न लागिएको हो । मन्त्रिपरिषद् बैठकले सुदूरपश्चिमका चारसहित देशका विभिन्न नौ ठाउँमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेसँगै उक्त पहल थालिएको बैतडीको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर […]