पार्टीकै नेतालाई हातपात गर्ने जसपा केन्द्रीय सदस्य साह निलम्बित

जनता समाजवादी पार्टी नेता मिनु झालाई हातपात गरेका केन्द्रीय सदस्य कृष्णशंकर साह पार्टीबाट निलम्बित भएका छन् । महोत्तरी क्षेत्र नं. ३ को चुनावी छलफल कार्यक्रममा नेता झालाई हातपात गरेको भन्दै साहलाई निलम्बन गरिएको हो ।