फोटो पत्रकारिता दिवस : फोटो प्रदर्शनी (तस्बिरहरू)

काठमाडौं । आज राष्ट्रिय फोटो पत्रकारिता दिवस । विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ । ९५ वर्षअघि वीरगन्जकी सूर्यमती श्रेष्ठले चर्खामा धागो काट्दै गरेको फोटो सरकारी सञ्चारमाध्यम गोरखापत्रमा प्रकाशित भएको दिनलाई स्मरण गर्दै हरेक वर्ष वैशाख १३ गते यो दिवस मनाइन्छ । यस अवसरमा पत्रकारितासँग सम्बन्धित संघ–संस्थाले विभिन्न कार्यक्रम गर्ने...

सम्बन्धित सामग्री

यसरी मनाइयो ९५औं फोटो पत्रकारिता दिवस (फोटो फिचर)

वैशाख १३, काठमाडौं । नेपालमा ९५औं फोटो पत्रकारिता दिवस मंगलवार देशभर मनाइँदैछ ।  देशैभरका फोटो पत्रकारहरूले विभिन्न कार्यक्रम गरेर यो दिवस मनाइरहेका छन् । विसं १९८४ वैशाख १३ मा पहिलोपटक समाचारको रूपमा गोरखापत्रमा फोटो प्रकाशन भएको थियो ।  आजभन्दा ९५ वर्षपहिले वीरगञ्जकी एक महिला चारुपमती श्रेष्ठले चर्खामा धागो काट्दै गरेको फोटो गोरखापत्रमा प्रकाशित भएको थियो । समाचारको रूपमा पहिलो फोटो प्रकाशन भएको दिनको सम्झनामा नेपालका फोटो पत्रकारहरूले राष्ट्रिय फोटो पत्रकारिता दिवसको रूपमा आजको दिनलाई मनाउँदै आएका छन् ।  यसै क्रममा राष्ट्रिय फोटो पत्रकार समूहले भृकुटीमण्डपदेखि बसन्तपुर दरबार क्षेत्रसम्म प्रभातफेरी गरेको थियो । यस्तै सोही समूहले वसन्तपुर दरबार क्षेत्रमा कोभिड–१९ का बेला खिचिएका तस्वीरहरूलाई  ‘नेपाल इन लकडाउन’ नामकरण गरी फोटो प्रदर्शनी पनि आयोजना गरिएको छ साथै फोटो पत्रकार क्लब (पीजे) ले फोटोपत्रकारहरुको लेन्समा फोटो पत्रकारिता नामक फोटो प्रदर्शनीको आयोजना गरेको छ ।  समूहको प्रदर्शनी कार्यक्रममा राष्ट्रिय फोटो पत्रकार समूहका निवर्तमान अध्यक्ष विकास रौनियार, मीन रत्न बज्राचार्य, राजभाइ सुवाल, कविन्द्रमान शाक्य, र राजेन्द्र चित्रकार तथा वर्तमान अध्यक्ष प्रदीपराज वन्तको उपस्थिति रहेको थियो ।  सम्बोधनका क्रममा उनीहरुले फोटो पत्रकारले भोग्दै आएका चुनौती र समस्याका तथा अहिलेको बदलिदो परिवेशमा फोटो पत्रकारको भुमिका बारे बताएका थिए । सोही फोटो प्रदर्शनीमा नेपाली कांग्रेसबाट काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेद्वारी दिएकी सिर्जना सिंहले आफू विजयी भए फोटो पत्रकारहरुको सम्बर्द्धन र विकासका लागि आफूले सक्ने सहयोग गर्ने तथा हक हितका लागि आवश्यक सम्बोधन गर्ने प्रतिवद्धता पनि जनाएकी छिन् ।                                                                       तस्वीरहरु : सुनिल शर्मा/ आर्थिक अभियान

राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा फोटो प्रदर्शनी तथा प्रभातफेरी (फोटोफिचर)

काठमाडौं, १३ वैशाख । ९५औँ राष्ट्रिय फोटो पत्रकारिता दिवस आज देशभर मनाइँदैछ । देशभरका फोटो पत्रकारहरूले विविध कार्यक्रम गरेर फोटो पत्रकारिता दिवस मनाइरहेका छन् । राष्ट्रिय फोटो पत्रकार समूहद्वारा ९५औं राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा मंगलबार प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको हो । राष्ट्रिय फोटो पत्रकार समूहले आज काठमाडौंको बसन्तपुरमा लकडाउन फोटो प्रदर्शनी कार्यक्रमको समेत आयोजना […]