बद्रीप्रसाद खतिवडा, विरोध खतिवडा र शृङ्खला खतिवडा–नेपाली बुद्धिजीवी र युवाले राम्रैसँग सुनेका नाम हुन् । बद्री शिक्षक आन्दोलन, विरोध विद्यार्थी राजनीति र शृङ्खला सुन्दरी प्रतियोगिताबाट बढी परिचित हुृनुहुन्छ । हार्वार्ड विश्वविद्यालय अमेरिकामा वास्तुशास्त्रमा अध्ययनरत शृङ्खलाकी माता मुनु सिग्देल पनि वामपन्थी राजनीतिमा संलग्न भई हाल वाग्मती प्रदेशसभाका सदस्य भई राष्ट्रिय राजनीतिमा छाउँदै हुनुहुन्छ । परिवारका ज्येष्ठ सदस्य ‘भानु’ले मूलतः शिक्षक आन्दोलनबाटै नेपालको वाम तथा प्रजातान्त्रिक आन्दोलनलाई सहयोग पु¥याएको विदितै छ ।