विश्वकपमा छनौट हुने देशको संख्या १३ पुग्यो, ब्राजिलसँग बराबरी खेले पनि छनौट भयो अर्जेन्टिना

सन् २०२२ मा हुने कतार विश्वकपको लागि छनौट हुने देशको संख्या १३ पुगेको छ । सोमबार नेदरल्याण्ड र अर्जेन्टिनाले पनि विश्वकपको लागि स्थान पक्का गरेसंगै छनौट हुने देशको संख्या १३ पुगेको हो  ।नेदरल्याण्ड युरोपियन छनौट समुह जी को शिर्ष स्थानमा, र अर्जेन्टिना आफ्नो दक्षिणी अमेरिकी छनौटको शिर्ष ४ मा रहने पक्का भएसंगै विश्वकपको लागि छनौट भएका हुन्। अर्जेन्टिनाले यस अघि नै छनौट भईसकेको ब्राजिलसँग गोल रहित बराबरी खेलेपनि अन्य टिमको नतिजा आफ्नो पक्षमा गएपछि अर्जेन्टिना छनौट भएको हो । आयोजक कतार सहित जर्मनी , डेनमार्क ब्राजिल, फ्रान्स,  बेल्जियम, क्रोएसिया, स्पेन, , सर्बिया, इंग्ल्यान्ड र स्विजरल्याण्ड यस अघि नै छनौट भईसकेका छन्  ।   विश्वकपमा ३२ देशले सहभागी जनाउने हुँदा १९ टिम अझै छनौट हुन बाँकि छ । ६१ टिमको छनौट हुन सक्ने सम्भावना अझै बाँकि रहेको छ । प्रतियोगितामा अफ्रीकाबाट ५ , एसियाबाट ४ वा ५ (आयोजक कतार बाहेक), युरोपबाट १३, उत्तरी अमेरिकाबाट ३ वा ४ र दक्षिणी अमेरिकाबाट ४ वा ५ टिमले प्रतियोगितामा स्थान पक्का गर्न सक्छन् । त्यस्तै ओसियाना क्षेत्रबाट पनि १ टोली छनौट हुन सक्छन् । तर प्ले अफ खेल्नु पर्ने भएकोले सो १ टोली अन्य महादेशको पनि छनौट हुन सक्ने छन् । केहि टोलिले प्ले अफ खेल्नु पर्ने भएकोले एसिया, र अमेरिकी देशहरुको छनौट हुने संख्या यकिन नभएको हो ।प्रतियोगितामा एसियाबाट ४६ देशले छनौट सुरु गरेकोमा ३३ टिम बाहिरिसकेका छन् भने १२ टिमको छनौट हुने सम्भावना अझै कायम छ । कतार यस समुहबाट छनौट भईसकेको छ । त्यस्तै अफ्रीकाबाट ५४ देशले छनौट सुरु गरेकोमा ४४ टिम बाहिरिसकेका छन् भने १० टिमको छनौट हुने सम्भावना अझै कायम छ । उत्तरी अमेरिकाबाट ३४ देशले छनौट सुरु गरेकोमा २६ टिम बाहिरिसकेका छन् भने ८ टिमको छनौट हुने सम्भावना अझै कायम छ। दक्षिणी अमेरिकाबाट १० देशले छनौट सुरु गरेकोमा ८ टिम बाहिरिसकेका छन् र ९ टिमको छनौट हुने सम्भावना अझै कायम छ। ब्राजिल र अर्जेन्टिना यसै समुहबाट छनौट भएको हो । ओसियाना क्षेत्रबाट ११ टिमले छनौट सुरु गरेकोमा कुनै पनि टिम बाहिरिएको छैन भने ११ टिमको छनौट हुने सम्भावना अझै कायम छ । युरोपबाट ५५ देशले छनौट सुरु गरेकोमा ३३ टिम बाहिरिसकेका छन् भने १२ टिमको छनौट हुने सम्भावना अझै कायम छ । यस समुहबाट जर्मनी,  डेनमार्क, फ्रान्स,  बेल्जियम, क्रोएसिया, स्पेन, सर्बिया, इंग्ल्यान्ड, स्विजरल्याण्ड र नेदरल्याण्ड गरि १० टिम छनौट भईसकेका छन् । छनौट चरणका खेलहरु सन् २०२२ को जुन महिनासम्म चल्ने छ  । विश्वकपको मुख्य प्रतियोगिता भने २१ नोभेम्बर २०२२ देखि १८ डिसेम्बर २०२२ सम्म कतारमा हुने छ। अरब देशमा पहिलो पटक विश्वकप हुन लागेकोहो भने एसियामा विश्वकप हुन लागेको यो दोस्रो पटक हो  । साथै जाडोयाममा विश्वकप हुन लागेको यो पहिलो पटक हो  । कतारको तापक्रमलाई मध्य नजर गर्दै जाडोयाममा विश्वकप हुन लागेको हो  । 

सम्बन्धित सामग्री

विश्वकप छनौटमा स्पेन, बेल्जीयम र जर्मनीको फराकिलो जित

एजेन्सी । विश्वकप फुटबलअन्तर्गत युरोपेली समुहको छनौट खेलमा स्पेन, बेल्जीयम, पोल्याण्ड र जर्मनीले फरााकिलो जित निकालेका छन् । समुह ‘बी’ अन्तर्गतको खेलमा स्पेनले जर्जियालाई ४–० ले हरायो । यही समुहको अर्को खेलमा कोसोभो र ग्रिसले १–१ गोलको बराबरी खेले । समुह ‘सि’ को खेलमा स्विट्जरल्याण्ड र इटालीले गोलरहित बराबरीमा चित्त बुझाए । यो बराबरीसँगै इटालीले […]

बुल्गेरियासँग बराबरीमा रोकियो इटाली

एजेन्सी । विश्वकप छनौट २०२२ अन्तर्गत समूह चरणको खेलमा इटाली र बुल्गेरियाले बराबरी खेलेका छन् । गएराति भएको समूह सी को खेलमा दुबै टिमले १-१ गोलको बराबरी खेले ।