मदिरा सेवन गरेर प्रहरीको हतियार खोस्न खोज्ने आठ जना पक्राउ

सिन्धुली : मरिण गाउँपालिका-७ ठाटी कमलेश्वर महादेब मन्दिरमा पूर्णिमाको अवसरमा परम्परागत बत्ती बाल्ने मेलामा सुरक्षा ड्युटी खटिएको प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा सोही गाउँपालिका-७ बस्ने २९ वर्षीय सांगे लो लगायत ८ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ।मादक पदार्थ सेवन गरेका उनीहरूले डिउटीमा खटिएको प्रहरी टोलीमाथि अपशब्द प्रयोग गर्दै गाली गलोज गर्ने, प्रहरीको हतियार खोस्ने प्रयास लगायतका अभद्र व्यवहार गरेपश्चात ईलाका प्रहरी कार्यालय कपिलाकोटबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। &nb

सम्बन्धित सामग्री

मदिरा सेवन गरेर नर्सको कोठामा छिर्ने पक्राउ

बैतडीमा मदिरा सेवन गरेर रातिको समयमा नर्समाथि दुर्व्यवहार गर्ने एक जना पक्राउ परेका छन् । जिल्लाको पाटन नगरपालिका वडा नम्बर ४ का लोकेन्द्रबहादुर महरा पक्राउ परेका हुन् । सोमबार राति ९ बजेको समयमा मदिरा सेवन गरेर नर्सको कोठामा पसेर अभद्र व्यवहार गरेको आरोपमा उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ ।  पाटन नगरपालिका वडा नम्बर ४ मा रहेको भुवनेश्वर स्वास्थ्य चौकीमा कार्यरत नर्सलाई दुर्व्यवहार गरेको उजुरी परेपछि महरालाई पक्राउ गरीएको प्रहरीले जनाएको छ । यस विषयमा

मदिरा सेवन गरी रेडियोको ट्रान्समिटर तोडफोड गर्ने सहकर्मी माथी मुद्दा

पहिले रेडियोमा संगै कामगर्ने सहकर्मीले रेडियोमा मदिरा सेवन गरी अभद्र व्यवाहार संगै रेडियोको ट्रान्समिटर तोडफोड गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कालिकोटमा मुद्दादर्ता भएको छ।...

सुब्बादेखि हाकिमसम्मले गरे कार्यकक्षमै मदिरा सेवन

सुर्खेत – जिल्ला कृषि विकास कार्यालय जाजरकोटका प्रमुख रविन धितालसहित अन्य कर्मचारी कार्यकक्ष परिसरमै मदिरा सेवन गरेको अवस्थामा फेला परेका छन्। बेलुका ७ बजे कार्यालय प्रमुख, प्रशासन अधिकृत, सुब्बा, लेखापाल, कृषि प्राविधिकसहित कार्यकक्ष परिसरमै मदिरा सेवन गरिरहेको अवस्थामा फेला परेका हुन् । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा जाजरकोटले कार्यालयमा मदिरा सेवन गरिरहेकाहरुलाई पक्राउको माग […]

मदिरा सेवन गरी विद्यालय गएका प्रधानाध्यापक पक्राउ

मदिरा सेवन गरी विद्यालय गएका प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले मदिरा सेवन गरी विद्यालय गएका  जिल्लाको त्रिभुवन माध्यमिक विद्यालयका प्राधानाध्यापक भक्तबहादुर मल्ललाई पक्राउ गरेको हो ।  उनी सोमबार बिहान मदिरा सेवन गरेर विद्यालय प्रवेश गरेका थिए । नेत्रविक्रम चन्द्र (विप्लव) नेतृत्वको नेकपा  निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी जाजरकोटको समन्वयमा मल्ललाई प्रक्राउ गरिएको हो । उनलाई पक्राउ गरेर जिल्ला अस्पताल जाजरकोटमा मेडिकल चेकजाँचका

भारतमा विषाक्त मदिरा सेवन गर्दा सात जनाको मृत्यु

काठमाडौं : भारतमा विषाक्त मदिरा सेवन गर्दा सात जनाको मृत्यु भएको छ।गुजरातको बाटोड जिल्लाको रोजिद गाउँमा विषाक्त मदिरा सेवन गर्दा सात जनाको मृत्यु भएको पीटीआईले जनाएको छ।मदिरा सेवनका कारण अरु १० जना बिरामी परेका छन् । उनीहरुलाई अस्पताल भर्ना गरिएको स्थानीय अधिकारीहरुले बताएका छन्। गुजरातका प्रहरी महानिर्देशक आशिष भाटियाले प्रहरीले विषाक्त मदिरा बेच्न व्यवसायमा संलग्न रहेका तीन जनालाई पक्राउ गरिएको बताए।

मदिरा सेवन र बिक्री गर्नेलाई ढुङ्गा बोकाउने निर्णय !

डोटीका स्थानीय तहले मदिरा सेवन तथा विक्री वितण समेत रोक्न आ–आफ्नै निर्णय गरेका छन् । केआइसिंह गाउँपालिकाको वडा नम्बर ७ सलेनाले मदिरा बिक्री वितरण तथा सेवन गर्नेलाई ढुङ्गा बोकाउने निर्णय गरेको छ । उक्त वडामा कसैले मदिरा सेवन गरे १५ दिन र बिक्री गर्नेलाई वडा कार्यालयसम्म एक महिना ढुङ्गा बोकाउने निर्णय गरिएको वडाध्यक्ष दिलबहादुर बलायरले जानकारी दिए । वडामा मदिरा बिक्री वितरण गर्दै आएका व्यापारी तथा वडावासीसँगको छलफलपश्चात् उक्त निर्णय गरिएको हो । यसैगरी उक्त वडामा सञ्चालन हुने गाडीमा मदि

मदिरा सेवन र बिक्री गर्नेलाई ‘ढुङ्गा बोकाइने’

डोटी – डोटीका स्थानीय तहले मदिरा सेवन तथा बिक्री वितणसमेत रोक्न आ-आफ्नै निर्णय गरेका छन्। केआइसिंह गाउँपालिकाको वडा नम्बर ७ सलेनाले मदिरा बिक्री वितरण तथा सेवन गर्नेलाई ढुङ्गा बोकाउने निर्णय गरेको छ। उक्त वडामा कसैले मदिरा सेवन गरे १५ दिन र बिक्री गर्नेलाई वडा कार्यालयसम्म एक महिना ढुङ्गा बोकाउने निर्णय गरिएको वडाध्यक्ष दिलबहादुर बलायरले जानकारी […]

भारतको बिहारमा मदिरा सेवन गरेका १७ जनाको मृत्यु

भारतको पूर्वी राज्य बिहारमा अनाधिकारिक रूपमा उत्पादित मदिरा सेवन गरेका कम्तीमा १७ जनाको मृत्यु भएको स्थानीय टेलिभिजन समाचार च्यानल न्युज–१८ ले आइतबार जनाएको छ।

मदिरा सेवन गरी महिला स्वास्थ्यकर्मीमाथि हातपात

बैतडीमा स्वास्थ्यकर्मीमाथि हातपात भएको छ । पुर्चौडी नगरपालिका–१ स्थित हाट स्वास्थ्यचौकीमा कार्यरत दुई महिला स्वास्थ्यकर्मीमाथि हातपात भएको हो । पुर्चौडी–१ कुडीखेत टोलका सुरेन्द्रबहादुर धनुसेले मदिरा सेवन गरी बिहीबार बेलुका महिला स्वास्थ्यकर्मीमाथि हातपात गरेका हुन् । कार्यालयमै रहेका बेला बेलुका साढे ७ः०० बजेतिर मदिरा सेवन गरेर आएका धनुसेले स्वास्थ्यकर्मीमाथि गालीगलौज र हातपात गरेको स्वास्थ्यचौकी इन्चार्ज हेल्थ असिस्टेन्ट दीपेन्द्रबहादुर धामीले बताए ।कोरोना खोप नलगाएको भन्दै मदि