काठमाडौं । चेक अनादर सम्बन्धी बैंकिङ कसुर मुद्दा मिलापत्र गराउन महान्यायाधिवक्ताको कार्यालयले सबै सरकारी वकिल कार्यालयलाई निर्देशन दिएको छ । महान्यायाधिवक्ताको कार्यालय व्यवस्थापन समितिको चैत २६ मा बसेको बैठकले चेक बाउन्स मुद्दा मिलापत्र गराउने निर्णय गरेको हो । पछिल्लो समय काठमाडौं उपत्यका लगायतका मुख्य शहरमा चेक बाउन्स सम्बन्धी उजुरी अत्यधिक बढेको छ । ‘बैंकिङ कसुर तथा सजाय ऐन, ०६४ को दफा ३ को खण्ड (ग) अनुसार पीडित र प्रतिवादीले मिलापत्र गराई पाउँ भनी निवेदन दिएमा मिलापत्र गराउने’ म