काबुल विमानस्थलबाट पुनः उड्न थाले विमान

विशाल भीडका कारण घन्टौंसम्म उडान बन्द भएकोमा अफगानिस्तानको काबुल विमानस्थलबाट पुनः विमान उड्न थालेका छन् । यसैबीच तालिबानका वरिष्ठ नेता अमिर खान मुत्ताकी काबुल पुगेर सरकार बनाउनका लागि वार्ता गरिरहेका छन् । आइतवार काबुलमा तालिबानको नियन्त्रण कायम भएपछि विमानस्थलमा मान्छेको ओइरो लागेको थियो । धावनमार्गमा समेत मानिसहरू पुगेका थिए अनि गुडिरहेका विमानमा झुण्डिएका थिए ।  त्यसपछि अमेरिकी सुरक्षाबलहरूले उडानहरू रद्द गराएका थिए । अहिले काबुल विमानस्थलमा अमेरिकी सैनिकहरूको नियन्त्रण छ । अफगानिस्तानबाट बाहिर ...

सम्बन्धित सामग्री

सबैभन्दा लामो युद्ध अन्त्य गर्दै अमेरिकी सेनाले काबुल छोडे

अमेरिकी सेनाको अन्तिम सैन्य विमान काबुल विमानस्थलबाट उडान भरे लगत्तै अफगानिस्तानमा दुई दशकसम्म रहेको अमेरिकाको उपस्थिति अन्त्य भएको छ । अधिकारीहरुले सी १७ विमानले अमेरिकी राजदूतलाई लिएर मंगलबार अबेर राति अमेरिका फर्केको बताएका छन्। अमेरिकी बर्हिगमन प्रकृया अन्तगर्तको अन्तिम विमान काबुल विमानस्थल छोड्दा तालिबान लडाकूले हवाई फायरिङ गरेर उत्सव मनाएका छन् । १४ अगष्टमा तालिबान बिद्रोही काबुल प्रबेश गरेदेखि अमेरिका नेतृत्वको नेटो सेनाको बर्हिगमन प्रकृयाले तीब्रता पाएको थियो । अमेरिकाको उच्च सैन्य कमाण्डर जेन केन्नेथ म्याक्कैन्जीले अमेरिका र गठबन्धन सेनाको सहयोगमा एक लाख २३ हजार सर्वसाधारण काबुलबाट निकालिएको बताउनुभयो । दैनिक औसतमा सात हजार पाँच सय जनाले काबुल छोडेका छन् ।

अमेरिकी वायुसेनाको विमान उड्न लाग्दा हजारौं अफगानीले घेरेपछि… (भिडियोसहित)

एजेन्सी, ३२ साउन । अमेरिकी वायुसेनाको विमान काबुल विमानस्थलबाट उड्दै गरेको दृश्य हो यो । यो दृश्य अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । अफगानिस्तानमा तालिवानले सत्ता लिएपछि अमेरिकी सेनाले बाँकी रहेका आफ्ना मान्छे र सहयोगीहरुलाई लगिरहेको छ । काबुल विमानस्थल अमेरिकी सेनाको नियन्त्रणमा छ । त्यहाँ हजारौ अमेरिकी सेना छन् । अमेरिकी सेना विमानस्थलमा […]