ए डिभिजन लिग : आशिष लामाको दुई गोलमा आर्मीमाथि एपीएफको शानदार जित :: Pahilopost.com

काठमाडौँ : सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत सिजनको दोस्रो 'डिपार्टमेन्टल डर्बी'मा एपीएफले त्रिभुवन आर्मीलाई पराजित गरेको छ। आशिष लामाले दुई गोल गरेपछि आइतवार एन्फा कम्प्लेक्स मैदानमा एपीएफले आर्मीलाई २-१ ले पराजित गरेको हो। सिजनको पहिलो डिपार्टमेन्टल डर्बीमा आर्मीले नेपाल पुलिसलाई पराजित गरेको थियो। सबै गोल दोस्रो हाफमा भएको