अर्घाखाँची – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जाँड–रक्सी खाने मान्छे एमालेको कार्यकर्ता हुन नसक्ने टिप्पणी गर्नुभएको छ । नेकपा एमाले जिल्ला कमिटी अर्घाखाँचीले आइतवार सन्धिखर्कमा गरेको मिसन ग्रासरुट अभियानअन्तर्गत कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘बेलुका बाटो सिधा भएर हिँड्न नसक्ने मान्छे देखियो भने त्यो एमाले हैन भनेर जाने हुन्छ । एमाले नेता, कार्यकर्ता बोलीवचनबाट छुट्टिनुपर्छ ।’ अध्यक्ष ओलीले समृद्ध नेपाल, सुखी नेपाली बनाउने अभियान एमालेको रहे...