बाजुराको बुढीगंगा नगरपालिकाको मतगणना : मेयर–उपमेयर दुवैमा एमालेको अग्रता

बाजुराको बुढीगंगा नगरपालिकाको अहिले मतगणना भइरहेको छ। पछिल्लो मत परिणामअनुसार १४ सय मत गणना हुँदासम्म मेयर र उपमेयर दुवैमा एमालेले अग्रता लिइरहेको छ ।मेयरमा एमालेका उम्मेदवार रामबहादुर बानियाँले ७ सय २२ मत ल्याएका छन् भने नेपाली काँग्रेसका उम्मेदवार  रङ्गबहादुर खातीेले ६ सय १ मत ल्याएका छन् । त्यस्तै उपमेयरमा एमालेकी उम्मेदवार मायाकुमारी खड्का कुँवरले ७ सय ११ मत प्राप्त गर्दा काँग्रेसका उम्मेदवार रिता शाहीले ६ सय २३ मत प्राप्त गरेकी छन् ।