यी हुन् कांग्रेसमा अहिलेसम्म टुङ्गो लागेका उम्मेदवार

काठमाण्डाै - प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको तयारी भइरहँदा दलहरु उम्मेदवार छनोटको अन्तिम गृहकार्यमा छन् । सबै दलले केहीबाहेक धेरै ठाउँमा उम्मेदवारको टुङ्गो लगाइसकेका छन् । नेपाली कांग्रेसले अहिलेसम्म टुङ्गो लगाएका उम्मेदवार : प्रदेश १ तेह्रथुम – सीता गुरुङ पाँचथर – भीष्मराज आङदेम्बे धनकुटा – सुनिल थापा सङ्खुवासभा – दीपक खड्का ओखलढुङ्गा – रामहरि खतिवडा झापा १ – विश्वप्रकाश शर्मा झापा ३ – कृष्णप्रसाद सिटौला झापा ४ – देउकुमार थेबे मोरङ १ – डिगबहादुर लिम्ब...

सम्बन्धित सामग्री

कांग्रेसलाई माधव नेपालको चेतावनी : हैसियतभन्दा बढी सिट नखोज

१८ भदौ, विराटनगर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेसका कारण सिट बाँडफाँट टुङ्गो नलागेको बताएका छन् । शनिबार बिराटनगरमा आयोजित पेशागत महासंघको जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कांग्रेसले अस्वभाविक दाबी गरेका बताए । ‘हामीले छलफल चलाइरहेका छौ, तर कांग्रेसमा अहंकार देखिएको छ,’ उनले भने, ‘हामीलाई सय सिट चाहियो । उब्रिएको तिमीहरु […]

कांग्रेसमा देखिएको दम्भ र अहङ्कारका कारण छलफल सार्थक हुन सकेन : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नजिकिँदो निर्वाचनलाई लिएर कांग्रेसको दम्भ बढ्दै गएको आरोप लगाउनुभएको छ । शनिबार विराटनगरमा आयोजित पेसागत महासंघको जिल्लास्तरीय भेलाका क्रममा अध्यक्ष नेपालले कांग्रेस नेतृत्वमा देखिएको अहंकारका कारण उम्मेदवारीको दलीय भागवण्डामा टुङ्गो लाग्न नसकेको बताउनुभयो । नेपाली कांग्रेसकै अहंकारका कारण सिट बाँडफाँड टुंगो लाग्न नसकेको उहाँको भनाई छ । […]

बाफिकोट कांग्रेसमा टुंगिए अध्यक्ष र उपाध्यक्षका उम्मेदवार

सुर्खेत । आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको चुनावको लागि नेपाली कांग्रेस बाँफिकोट रुकुम पश्चिमले पार्टीको तर्फबाट अध्यक्षका लागि जनक कुमार बाँठामगर र उपाध्यक्षमा नन्दा केसी नाथलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । गठबन्धनले भागबन्डाको टुङ्गो नलगाउँदै बाफिकोट काङ्ग्रेसले अध्यक्ष र उपाध्यक्षको उम्मेदवार टुङ्गो लगाएको हो । सोमबार नेपाली कांग्रेस बाँफिकोट गाउँ कार्यसमितिको […]

प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिकतर्फ ४९ दलले प्रतिस्पर्धा गर्ने

प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ ४९ दलले प्रतिस्पर्धा गर्ने भएका छन्। ५५ दलले समानुपातिकतर्फको सूचीबुझाउन टोकन लिएका भएपनि ४९ दलले बन्द सूची निर्वाचन आयोगमा बुझाएका हुन्। थ्रेसहोल्डको व्यवस्थापछि समानुपातिक निर्वाचनमा सहभागी हुने दलको संख्या घटेको हो। कतिपय दलहरू ठूला दलहसँग मिलेका छन्।जसका कारण निर्वाचनमा सहभागी हुन निवेदन दिएका ८८ राजनीतिक दल घटेर निर्वाचनमा आइपुग्दा ४९ भएका हुन्। केही राजनीतिक दलले भने प्रदेशको समानुपातिकमा मात्र सूची बुझाएका छन्। तर, निर्वाचन आयोगले कुन प्रदेशमा कति दल समानुपातिकतर्फको निर्वाचन प्रणालीमा सहभागी हुनेछन् भन्ने टुङ्गो लगाइसकेको छैन। समानुपातिक निर्वाचन प्रणालीमा दलले प्राप्त गरेको मतका आधारमा उसले बुझाएको बन्दसूचीका उम्मेदवार सांसद बन्न सक्छन्।यसपटकबाट निर्वाचनमा ३प्रतिशत थ्रेसहोल्ड र प्रत्यक्षमा एक सिट नजिते दलहरूले बन्दसूचीमा रहेका उम्मेदवारलाई सांसद बनाउन पाउने छैनन्। निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले ४९ दल प्रतिनिधिसभाको समानुपातिकतर्फको बन्द सूची बुझाएको सेतोपाटीलाई बताए। यसअघि निर्वाचन आयोगमा दर्ता रहेका नेपाल परिवार दल नेकपा एमालेमा मिलेको छ। उसले एमालेबाटै समानुपातिक सूची बुझाएको छ।त्यस्तै दुई चुरेभावरनामका पार्टीमध्ये चुरेभावर राष्ट्रिय एकता पार्टी एमालेमा र चुरेभावर लोकतान्त्रिक पार्टी कांग्रेससँग मिलेका छन्। संघीय समाजवादी फोरम लोकतान्त्रिक कांग्रेसमा मिसिएको छ। संसदमा रहेको राष्ट्रिय अखण्ड पार्टीका कुमार खड्का कांग्रेसमा मिसिएका छन्। त्यस्तै, नेकपा संयुक्त नेकपा माओवादी केन्द्रमा मिसिएको छ। साना दलहरू ठूला पार्टीमा मिसिएकै कारण निर्वाचनमा समानुपातिकतर्फको सूची बुझाउने दलको संख्या घटेको हो। प्रमुख राजनीतिक दलहरूले बन्दसूची राती अबेर बुझाएका थिए। बन्दसूचीमा रहेका उम्मेदवारकहरू कल्ष्टर मिलाउनुपर्ने तथा प्रदेशगत आधारमा छुट्टाछुट्टै सूची बुझाउनुपर्ने भएपछि दलहरूले राती अबेरसम्म सूची बुझाएका थिएनन्। नेकपा एमालेले बिहान ४ बजे मात्र सूची बुझाएको थियो। फोरम लोकतान्त्रिक र काँग्रेसले भने दुवै पार्टीको एकता र सूची मिल्न बाँकी रहेको थियो। जसका कारण समानुपातिकतर्फको सूची तयार गर्नै ढिलाई भएकोथियो।

जाजरकोट कांग्रेसमा सर्वसम्मत उम्मेदवार

नेपाली कांग्रेस जिल्ला कार्य समिति जाजरकोटले आगामी निर्वाचनका लागि पार्टीका तर्फबाट सर्वसम्मत रुपमा उम्मेदवारको नाम टुङ्गो लगाएको छ । आगामी मंसिरमा हुने सङ्घ र प्रदेशसभाको निर्वाचनका लागि उम्मेदवारको नामावली सर्वसम्मत रुपमा टुङ्गो लगाई केन्द्रीय कार्यालयमा बुझाएको जिल्ला सभापति दीपकजंग शाहले जानकारी दिए। एक मात्र निर्वाचन क्षेत्र भएको जाजरकोटमा पार्टीको जिल्ला कार्य समिति बैठकले सङ्घमा राजीवविक्रम…