कांग्रेस प्रदेश अधिवेशन : प्रदेश १ मा गुरुराज घिमिरेको अग्रता कायमै

विराटनगर : नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत प्रदेश अधिवेशन जारी छ। अधिवेशनको मतगणना प्रक्रिया प्रदेश १ मा चलिरहेको छ। प्रदेश १ मा गुरुराज घिमिरेको अग्रता कायमै रहेको छ। चार सय मतगणना गर्दा घिमिरेले २१२ र प्रतिस्पर्धी उद्धव थापाले १७४ मत पाएका छन्।

सम्बन्धित सामग्री

कांग्रेस प्रदेश अधिवेशन : उम्मेदवारी टुंग्याउन समूहभित्रै सकस

कांग्रेसमा प्रदेश नेतृत्वका लागि उम्मेदवार तय गर्न संस्थापन र संस्थापनइतर समूहभित्रै रस्साकसी चलेको छ । आकांक्षी धेरै हुँदा समूहको तर्फबाट टिम बनाउन केन्द्रबाट खटिएका नेताहरू सकसमा परेका छन् । प्रदेश १ मा संस्थापनइतर समूहमा केन्द्रीय सदस्य गुरुराज घिमिरे र प्रदेशसभा संसदीय दलका नेता राजीव कोइराला दाबेदार छन् ।