युक्रेनी सेनाको मिसाइल प्रहारमा २० सर्वसाधारको मृत्यु : रुस

युक्रेनी सेनाको मिसाइल प्रहारमा २० सर्वसाधारणको मृत्यु भएको रुसी सेनाले दाबी गरेको छ । रुसी रक्षा मन्त्रालयका प्रवत्ता जनरल इगोर कोनासेन्कोभले पूर्वी सहर दोनेत्सेको मध्यभागमा युक्रेनी सेनाले सोभियत  निर्मित टोच्का यु मिसाइल प्रहार गर्दा उनीहरुको मृत्यु भएको दाबी गरे । दोनेत्सक रुसी समर्थक बिखन्डनकारीको पकड रहेको क्षेत्र हो ।युक्रेनी हमलामा बालबालिकासहित अन्य २८ सर्वसाधारण गम्भीर घाइते भएको जनरल कोनासेन्कोभले बताएका छन् । युक्रेनी फौजको नियन्त्रणमा रहेको उत्तरपश्चिम क्षेत्रबाट दोनेत्सकमा &nb

सम्बन्धित सामग्री

रुसद्वारा युक्रेनमा ७६ मिसाइल आक्रमण, तीनजनाको मृत्यु

रुसले युक्रेनका विभिन्न शहरमा ७६ वटा मिसाइल आक्रमण गरेको छ। शुक्रबारको आक्रमणमा आफ्ना नौवटा ऊर्जा केन्द्रमा क्षति पुगेको युक्रेनले बताएको छ। युक्रेनी सेना प्रमुखले रुस प्रहार गरेको ७६ वटा मिसाइलमध्ये अधिकांश क्रुज मिसाइल रहेको बताएका छन्। युक्रेनले यीमध्ये ६० वटालाई रोकेको दाबी गरेको छ।आक्रमणका कारण ऊर्जामा मुख्य सरकारी एजेन्सीले ५० प्रतिशत बिजुली ग्रिड प्रभावित भएको बताएको छ। युक्रेनका रक्षा मन्त्रीका सल्लाहकार युरी साकले राजधानी किभका धेरै भागमा आपतकालीन बिजुली कटौती गरिएको भने खार्किभ र