पूर्वमाओवादी नेताको रिट हेर्न नभ्याइने सूचीमा

सांसद पद कायम गराई कामकाज गराई पाउँ भन्दै दायर गरिएको पूर्व माओवादी नेताहरुको रिट आज हेर्न नभ्याइने सूचीमा परेको छ । न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासमा परेको रिट आज हेर्न नभ्याइने सूचीमा परेको हो ।नेकपा एमालेमा प्रवेश गरेको भन्दै पार्टी सदस्यबाट बर्खास्त गर्दै सांसद पदसमेत नरहने गरी माओवादी केन्द्रले कारवाही गरेपछि टोप बहादुर रायमाझी लगायतका पूर्व माओवादी नेताहरु बुधबार सर्वोच्च अदालत पुगेका थिए । आफूहरु नेकपा एमाले प्रवेश नगरेको र हालसम्म पनि माओवादी केन्द्रकै नेता रहेको भन्दै सांसद