भारतमा कोरोना सङ्क्रमण बढेसँगै सुदूरपश्चिममा घर फर्कने नेपालीको सङ्ख्या बढ्यो

काठमाडौँ । भारतका विभिन्न स्थानमा कोरोनाको नयाँ भेरियन्ट आमिक्रोनको सङ्क्रमण बढेसँगै काम छाडेर घर फर्कने नेपालीको सङ्ख्या बढेको छ । कैलाली सँग जोडिएको सीमा नाका गौरीफन्टास्थित सशस्त्र प्रहरीको चेकपोस्टका अनुसार पछिल्लो एक साता दैनिक रुपमा भारतबाट फर्कने नेपालीको सङ्ख्या बढेको हो । पुस लागेसँगै गौरीफन्टा नाका भएर सात हजार भन्दै बढी भित्रिएको प्रहरीले जनाएको छ […]